ghar sansar

अनाथालयमा होटल व्यवसायी संघको फलफूल वितरण

khasi

महेन्द्रनगर । १८ औं गणतन्त्र दिवसको अवसरमा अनाथ बालबालिकालाई फलफूल वितरण गरिएको छ । होटल व्यवसायी संघ कञ्चनपुरले बिहीबार समाज कल्याण अञ्चल बाल अनाथालयमा बालबालिकालाई फलफूल वितरण गरेको छ ।

संघका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक खडक बहादुर खत्री, भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट, अनाथालयका अध्यक्ष लगायत सहभागी भए ।

संघका महासचिव नवराज जोशी कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...