ghar sansar

अखिल क्रान्तिकारीले डम्बर कुँबरलाई बनायो कञ्चनपुर इन्चार्ज

khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डम्बर कुँबरले कञ्चनपुर इन्चार्जको जिम्मेवारी पाएका छन् । क्रान्तिकारीको केही महिना अघि सम्पन्न महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्य चयन कुँबरलाई केन्द्रीय समितिले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो ।

कुँबर एक दशकदेखि क्रान्तिरीकारीका विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनी विद्यालय तहबाट क्रान्तिकारीको राजनीतिमा आएका हुन् । विद्यार्थी राजनीतिमा उनी प्रष्ट र थोरै बोल्ने विद्यार्थी नेताका रुपमा परिचित छन् । कुँबरलाई सबैसित समन्वय गरी निर्णय लिन सक्ने नेताका रुपमा चिनिन्छन् ।

ratnam
dirghayi clinic

क्रान्तिकारीको केन्द्रीय सदस्य निर्वाचित भएपछि उनले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा आफ्नो भूमिका देखाएका थिए । स्ववियु निर्वाचन भएका आधा दर्जन क्याम्पसमध्ये दुई क्याम्पस क्रान्तिकारीले जितेको थियो । बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा क्रान्तिकारीले पहिलो जित हात पारेको थियो ।

कुँबर भीमदत्त नगरपालिका ३ का वासिन्दा हुन् । क्रान्तिकारीका केन्द्रीय समितिले दिएको जिम्मेवारीलाई आफूले इमान्दातिारका साथ पूरा गर्ने उनले बताए ।

‘आम विद्यार्थीको हकहित र हाम्रो संगठन बलियो, सक्षम बनाउने कुरामा सधैं सक्रिय भएर लाग्छु’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...