ghar sansar

एमाले कञ्चनपुरका पूर्व अध्यक्ष विष्ट प्रदेश कमिटी सदस्य मनोनित

khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका पूर्व अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोनित भएका छन् ।

dirghayi clinic

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय बैठकले विष्टलाई प्रदेश सदस्य मनोनित गरेको हो । विष्ट २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिबाट आएका उनी एमाले जिल्ला कमिटी सदस्य हुँदै आठौं अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

यसैगरी प्रदेश सदस्यमा कुलविर चौधरी, इश्वरी शर्मा, रामबहादुर गुरुङ्ग , कल्पना गिरी र चाँदनी धामी मनोनित भएका छन् । उनीहरु सबै कञ्चनपुरका हुन् ।

Himal dental
सम्बन्धित
Loading...