

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुलले उत्कृष्ठ शैक्षिक संस्था सम्मान पाएको छ । काठमाडौंको चन्द्रलोक प्रतिष्ठानले निजी क्षेत्रबाट शिक्षाकोे विकासका विद्यालयले पुगाएको योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।
काठमाडौंमा प्रतिष्ठानले गरेको शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धि कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालयका प्रिन्सिपल नारायणदत्त भट्टलाई सम्मान पत्र प्रदान गरेका हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीको अध्यक्षता कार्यक्रम गरियो ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बर बहादुर थापा विशिष्ठ अतिथि थिए । कार्यक्रममा होली फेमली सहित देशका अन्य शैक्षिक संस्थालाई पनि सम्मान गरिएको छ ।
विद्यालयका प्रिन्सिपल भट्टले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सबैको साथ सहयोगले सम्मान ग्रहण गर्ने अवसर मिलेको बताए ।
‘हाम्रो विद्यालयका संस्थापक भुपाल सिह विष्टज्यू सहित शिक्षक, कर्मचारीले गरेको मिहिनेतको मूल्याङ्कन चन्द्रलोक प्रतिष्ठानले गरेको रहेछ, यसका लागि आभार व्यक्त गर्र्दर्छौ’ उनले भने, ‘सम्मानले थप विद्यालयलाई समाजिक जिम्मेबारी बोध गराएको छ ।’
विद्यालयका असिस्टेन्ट म्यानेजर महादेव भट्टले सम्मानबाट थप जिम्मेबारी थपिएको बताए ।
‘हामीले विद्यालयका संस्थापक भुपाल सिह विष्ट ज्यूको योजना, निर्देशन अनुरुप केबल कक्षाकोठामा मात्रै पठन पाठन नभई अतिरिक्त कृयाकलाप खेलकुदमा समेत विद्यार्थीलाई सहभागि गराउँदै आएका छौँ, उनले भने, ‘विद्यालयबाटै क्रिकेट सहित खेलकुद विद्यामा अन्र्तराष्ट्रिय खेलाडी जन्मिएका छन, जसले विद्यालय मात्रै होईन समग्र राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान गराएको छ ।’

