ghar sansar

तरुण दलको दोधारा चाँदनी नगर सभापतिमा वस्नेत चयन

khasi

महेन्द्रनगर । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको दोधारा चाँदनी नगर कार्यसमिति पुनर्गठन गरिएको छ । बुधबार तरुण दलले बिशेष अधिवेशन गरी नगर समिति पुर्नगठन गरेको छ ।

अधिवेशनबाट सन्दीप काजी बस्नेतको नेतृत्वमा १३ सदस्यीय नगर चयन गरिएको छ । समितिको सचिवमा देवन्द्र सिंह भण्डारी, सह–सचिवमा सुदिप सुनार र लक्ष्मी भट्ट, कोषाध्यक्षमा निर्मला सुनार चयन भएका छन् ।

dirghayi clinic

समितिमा गौरव सिंह साउँद, दिपक दमाई, शिवा रावत, हेमा धामी, राजेन्द्र चन्द, हरी गिरी, दिपक थापा र राजेश पुजारा सदस्य छन् ।

तरुण दल कञ्चनपुर जिल्ला सभापति महेश चन्दको प्रमुख आतिथ्यमा अधिवेशन गरिएको छ । उनले पार्टीले अङ्गिकार गरेको लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा एक ढिक्का भएर अघि बढ्न आग्रह गरे । “समय परे पार्टीको रक्षाका लागि मैदानमा ओर्लिनुपर्ने जिम्मेवारी अब नयाँ नेतृत्वको काँधमा आएको छ,” उनले भने ।

नव गठित नगर सभापति बस्नेतले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए। उनले संगठनलाई गाउँ–गाउँमा विस्तार गर्ने, युवालाई सक्रिय बनाउने र स्थानीय समस्याहरूमा तरुण दलको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य रहेको बताए ।

   

Himal dental
सम्बन्धित
Loading...