


महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका नव नियुक्त अध्यक्ष यज्ञराज भट्टलार्ई स्वागत तथा सम्मान गरेको छ ।
शुक्रबार संघमा स्वागत कार्यक्रम गरी भट्टलाई सम्मान गरिएको छ । संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । भट्ट संघका पूर्व अध्यक्ष हुन् ।

