ghar sansar

राधा कृष्णको आडमै लामिछानेका लागि हस्ताक्षर

little buddha academy
khasi

रनि विवश

बेदकोट नगरपालिका ७ सुडास्थित राधाकृष्ण मन्दिरमा शनिबार विहान श्रीमद्भागत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती सम्बन्धि पत्रकार सम्मेलन आयोजना गरियो ।

,orning glory badhai

पत्रकार सम्मेलनका सञ्चालक थिए तेज ठकुल्ला । उनले पत्रकार सम्मेलनलाई उद्घाटन र खुला छलफल गरी दुई चरणको बनाए ।

उद्घाटन सत्रमा आयोजकको तर्फबाट महायज्ञ आयोजक समितिका संयोजक भोज बहादुर शाही, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष भुवन अर्याल, नरी प्रसाद भट्ट, शिरोमणी ओझा लगायतले आ आफ्नो धारणा राखे ।

सबैको धारणापछि कार्यक्रम सञ्चालक ठकुल्लाले शाहीलाई आमन्त्रण गरी समापन गराए । त्यसपछि पत्रकारहरुलाई महोत्सव सम्बन्धि जिज्ञासा राख्न समय दिए ।

पत्रकारहरुले महोत्सव सम्बन्धि आयोजकलाई विभिन्न जिज्ञासा राखे । पत्रकार सम्मेलन सकियो । आयोजकले पत्रकार सहित तस्बिर खिचाएपछि सबै मन्दिर परिसरबाट बाहिर निस्किए ।

केही समयपछि महायज्ञ आयोजक समितिका संयोजक शाही सहित आयोजकमन्दिरभित्र पसेर छलफल गर्न थाले । पत्रकार सम्मेलन कार्यक्रमका सञ्चालक ठकुल्ला मन्दिर बाहिर पसलमा फाराम बोकेर बसे ।

ठकुल्लाले बोकेको फाराम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध गरी थुनामा राखेको विरुद्ध हस्ताक्षर संकलन गर्नका लागि तयार गरिएको फाराम हो ।

ठुकुल्ला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन् । रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध गरिएको भन्दै रास्वपाले कञ्चनपुरमा केही महिनादेखि हस्ताक्षर संकलन गर्र्दै आएको छ ।

महेन्द्रनगर बजारको मदनचोकमा स्टल राखेर हस्ताक्षर संकलन भई रहेको छ । रास्वपा नेता ठकुल्लाले त्यहीं अनुसार हस्ताक्षर संकलन गर्न थालेका हुन् ।

‘रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको हो कि होइन, फाराम हेर्दै पत्रकार सम्मेलनमा सहभागी एक पत्रकारलाई ठकुल्लाले सोधे ।

dirghayi clinic

‘कसरी राजनीतिक प्रतिशोध भयो, राज्यका प्रचलित कानुन अनुसार वहाँमाथि अनुसन्धान गरिएको होइन र’ ठकुल्लाई ती पत्रकारले भने, ‘अनि कसरी वहाँमाथि राजनीतिक प्रतिशोध हुन्छ त ?’

त्यसपछि ठकुल्लाले भने,‘विना कारण मुद्दा लगाएर दुःख दिइएको छ । अनि प्रतिशोध होइन र ।’
रास्वपा नेता ठकुल्ला र पत्रकारबीच केही समय पक्ष र विपक्षमा तर्क वितर्क भए । ठकुल्ला लामिछानेमाथि राजनीतिक प्रतिशोध गरिएको आफ्नो अडानमा ढुक्क थिए ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व सभामुख कृष्ण बहादुर महरा, एमाले साँसद टोप बहादुर रायमाझी लगायत नेतामाथि विभिन्न मुद्दा लागे ।

‘यतिका नेतामाथि मुद्दा लाग्दा राजनीतिक प्रतिशोध नहुने, लामिछानेमाथि लाग्दा मात्रै कसरी प्रतिशोध हुन्छ त’ ठकुल्लालाई फेरि प्रश्नोत्तर चल्यो ।

त्यही बेला पसलका सञ्चालक पनि बाहिर निस्केर ठकुल्लाको पक्षमा बोल्न थाले ।  ठकुल्लाले भने,‘एउटालाई मुद्दा लगाउन हुने, अर्कोलाई किन लगाउन नहुने ।’

मुद्दा लगाउन बाँकी को हुन उनले त्यति चाहिँ खुलाएन ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापछि लामिछानेमाथि अनुसन्धान जारी छ । सहकारी ठगी अध्ययनका लागि गठन गरिएको संसदीय छानबिन समितिले लामिछानले विभिन्न सहकारीको ६५ करोड रकम ठगी गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

लामिछाने अहिले पुर्पक्षका लागि कारागार चलाएका छन् । उनी चितवनबाट निर्वाचित प्रतिनिधि सभा साँसद हुन् ।

२०७९ मा निर्वाचित लामिछाने गृहमन्त्री भएपछि नागरिकता विवाद परेपछि उनी साँसद बर्खास्त गरिएका थिए । त्यसपछि भएको निर्वाचनमा नागरिकता बनाएर चुनाव लडेर फेरि निर्वाचित भएका हुन् ।

लामिछानेलाई राजनीतिक प्रतिशोध भएको भन्दै असारदेखि कञ्चनपुरमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।
रास्वपाले गड्डाचौकीदेखि कृष्णपुरसम्म हस्ताक्षर अभियान संकलन गर्ने बताएको थियो ।

रविमाथि अन्याय गरिएको भन्दै राउटे समुदायबाट समेत हस्ताक्षर गरिएको छ। अभियानमा तीनजना राउटेले पनि हस्ताक्षर गरेका छन् ।

शुक्लाफाँटा नगरको झलारी, कृष्णपुर नगरको गुलरियामा यसअघिदेखि नै अभियान सञ्चालन गरिएको थियो । राधाकृष्ण मन्दिरमा साउन १३ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको हो ।

हिन्दू धर्म संस्कृतिको जगेर्ना, पुस्तान्तरण र सुख शान्तिका लागि महायज्ञ आयोजना गर्न लागिएको छ ।

मन्दिरको संरक्षण विकास र अक्षय कोष स्थापना गर्न महायज्ञ आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...