

महेन्द्रनगर । भारतबाट अवैध रुपमा भित्रिएका समान प्रहरीले बरामद गरेको छ । भीमदत्त नगरपालिका ५ सुकासाल, ११ नम्बर चौकीसत्ता, बेदकोट नगरपालिका ६ स्थित कार्यालय अगाडी र बेलौरी नगरपालिका १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समान बरामद गरेको छ ।

ती सबैको समानको मूल्य .११ लाख ९६ हजार छ । ती समानमा नरिवल, छाता, सुर्ती, भाँडावर्तन, बिभिन्न किसिमका कपडा, किरानाका सामान, मोटरसाइकल थान–२ लगायतका सामान छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरीले कार्यालयले जानकारी दिएको छ ।

