ghar sansar

ह्वात्तै बढेको भुवनेश्वरी माविको कक्षा १२ को यो नतिजा

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालयबाट कक्षा १२ मा ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयमा १ सय ४२ विद्यार्थीले परीक्षा दिएका थिए । व्यवस्थापन संकायकी मनिसा भुलले सबैभन्दा बढी ३ दशमलव ४२ जीपीए ल्याएकी छन् ।

,orning glory badhai

विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले विगतको तुलनामा कक्षा १२ को नतिजा सुधार भएको बताए । नतिजा सुधारका लागि विद्यार्थीहरुलाई अतिरिक्त कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक दौल्यालले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रविन बोगटी छन् । बोगटी विद्यालयको शैक्षिक र भौतिक सुधारको योजना बनाएर अघि बढेका छन् ।

dirghayi clinic

पछिल्लो समय विद्यालयमा विद्यार्थी संख्यामा सुधार आएको छ। हाल ८ सय हाराहारी विद्यार्थी अध्ययनरत छन् ।

भुवनेश्वरी मावि सुदूरपश्चिम प्रदेश सरकारले नमूना छनौट विद्यालय पनि हो । यस अघि २०८१ को एसइईमा पनि विद्यालयले बेदकोट नगरपालिकामै उत्कृष्ठ नतिजा ल्याएको थियो ।

Himal dental
सम्बन्धित
Loading...