ghar sansar

रेडियन्टका भट्ट सुदूरपश्चिमै सर्वोत्कृष्ट

little buddha academy
khasi

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयका लोकेश भट्टले कक्षा १२ को परीक्षामा ३ दशमलव ९६ जीपीए ल्याएका छन् । उनी रेडियन्टको विज्ञान समूहका विद्यार्थी हुन् ।

रेडियन्टमा विज्ञान र व्यवस्थापन संकायको पठनपाठन हुन्छ । विज्ञान संकायमा ५ सय ९२ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ९५प्रतिशत उत्तीर्ण भएका छन् ।

,orning glory badhai

विद्यालयका भट्टको जीपीए सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी भएको दावी गरिएको छ । विद्यालयले कैलालीका धनगढीस्थित विद्यालयमा सम्पर्क गरी जीपीएबारे सोधपुछ गरेको छ ।

धनगढीमा ३ दशमलव ९५ सबैभन्दा बढी जीपिए आएको बताइएको छ । विद्यालयका शिक्षक महादेब विष्टले हालसम्म सुदूरपश्चिमको कुनै पनि विद्यालयमा यति जीपिएको आएको जानकारी नभएको बताए ।

dirghayi clinic

‘कैलालीको धनगढीका विद्यालयसित पनि सोध्यौ, अन्य ठाउँमा पनि सोध्यौ, कही पनि हाम्रो जति जिपिए आएको जानकारी भएन’ उनले भने ।

विद्यालयका प्राचार्य त्रिभुवन कुमार भट्टले हालसम्मकै उत्साहजनक नतिजा आएको बताए । रेडियन्ट माविका ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

भट्टको जीपिए सुदूरपश्चिमै सम्भवतः सबैभन्दा बढी हो । ‘हाम्रो नजिता विगतको निरन्तरता र अपेक्षा अनुरुप नै हो, यस पटक जीपीए अहिलेसम्मकै सबैभन्दा बढी आएको छ’ प्राचार्य भट्टले भने, ‘समग्रमा हाम्रो नतिजा राम्रो नै छ । ’

विज्ञान र व्यवस्थापन संकायका गरी ६ सय ११ विद्यार्थीले परीक्षा दिएका थिए । उनीहरुमध्ये ८४ जना ए प्लस ल्याएका छन् । विज्ञानका मात्रै ५ सय ९२ विद्यार्थी परीक्षमा सहभागी भएका हुन् ।

सिद्धनाथ विज्ञान क्याम्पसका पूर्व प्राध्यापक भट्ट दुई वर्षदेखि रेडियन्ट माविको प्राचार्य छन् । यो रेडियन्टको २३ आंै ब्याच हो ।

विद्यालयका शिक्षक विष्टले देशभरमै सिनियर प्राध्यापक र अधिकाँश पिएचडी उपाधि भएका शिक्षकहरुले अध्यापन गर्ने भएकाले विद्यालय विद्यार्थीको रोजाईमा पर्दै गएको बताए ।

Himal dental
सम्बन्धित
Loading...