

महेन्द्रनगर । लेख्ने कुनै शब्द छैन
हार्दिक श्रद्धाञ्जली सुवास
तिम्रो आत्माले शान्ति पाओस
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा पत्रकारिता अध्ययनरत आरती कलौनीले भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित घरमा मृत भेटिएका सुवास चन्द्र भट्टको तस्बिर सहित फेसबुकमा राखेर श्रद्धाञ्जली दिएकी छन् ।

बुधबार साँझ मृत भेटिएका भट्ट केन्द्रीय क्याम्पसम पत्रकारिता विषय चौथो सेमेष्टरका विद्यार्थी हुन् । बुधबारपछि उनी सदाका लागि क्याम्पस नआउने गरी अस्ताएका छन् ।
‘सबैसित राम्रो व्यवहार गर्नु हुन्थ्यो, कोही कसैसित नराम्रो गरेको बोलेको सुनेको थिएनौ, राम्रो हुनु हुन्थ्यो’ कलौनीले भनिन्, ‘वहाँले यस्तो गर्नु हुन्छ भन्ने त सोचेका पनि थिएनौ, आज वहाँले नै यस्तो गर्नु भो, धेरै नराम्रो लागि रहेको छ ।’


महाकाली प्रादेशिक अस्पतालबाट शव घर लगेपछि मात्रै कलौनी लगायतका विद्यार्थी आ–आफ्नो घर फर्किए । अस्पतालमा पोष्टमार्टपछि उनको भट्टको पार्थिव शरिरलाई उनको उनको जन्मभूमि घर बेदकोट नगरपालिका ५ धरमपुर लगिएको हो ।
अस्पतालमा विद्यार्थीहरुका अनुहार मलिन थिए । उनीहरुले आँखाबाट आँशु खसाले । ‘एकदमै नराम्रो लाग्यो, यस्तो कसैलाई पनि नहोस’ कलौनीले भनिन् ।
सुवासको मृत्युले घर परिवार र आफन्त, सहपाठी विद्यार्थी सबै शोकमा छन् । उनको जन्म भूमि धरपुर गाउँ शोकमा छ । बुधबार महाकाली नदी किनारमा भट्टको अन्तिम दाहसंस्कार गरिएको छ । मंगलबार साँझ घरभित्र खटियामा मृत भेटिएपछि उनको शव अस्पताल ल्याइएको थियो ।
उनी बेदकोट नगरपालिका ५ का वडा अध्यक्ष एबम् नगर प्रवक्ता चित्रदेब भट्टका कान्छा छोरा हुन् । २१ वर्षिय उनी ऐंठपुरस्थित घरमा हजुर आमासंगै बसेर क्याम्पस अध्ययन गर्दै आएका थिए ।
उनी मृत भेटिएपछि भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी घरमै पुगेकी थिइन् । भट्ट उप मेयर जोशीकी सहोदर दिदीका छोरा हुन् ।
घरमा मृत भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ। मृत्युको कारण खुल्न नसकेकाले घटनाको थप तथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा सुभासले विष सेवन गरेको देखिएको पाइएको जानकारी दिएको छ । ‘अहिलेसम्म पोइजिङ्गले मृत्यु भएको देखिएको छ, पोइजिनिङ्ग चाहिँ किन गरेको छ भन्ने खुलेको छैन, यो अनुसन्धानबाट खुल्छ’ प्रहरी प्रवक्ता बोहराले भने ।

