ghar sansar

अध्यक्ष ओली खुसी पार्न कञ्चनपुर एमालेले गर्यो यस्तो निर्णय

little buddha academy
khasi

महेन्द्रनगर । एमाले कञ्चनपुर पार्टी विधानबाट ७० बर्ष उमेर हद हटाउने पक्षमा उभिएको छ । बिहीबार एमाले पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले विधानका को दफा ६४ मा रहेको उमेर हटाउने निर्णय पारित गरिएको छ ।

एमाले केन्द्रीय कमिटीले जिल्ला पठाएको विधान मस्यौदाको प्रस्तावमाथि बिहीबार बैठकमा समूहगत छलफल गरिएको छ ।

,orning glory badhai

सबै समूहले उमेर हद हटाउने समूहको निष्कर्ष निकालेका छन् । भदौ २०–२२ गतेसम्म काठमाडौंमा एमालेको विधान महाधिवेशन हुने भएको छ । त्यस अघि जिल्ला विधान मस्यौलामा छलफल गरिएको छ ।

एमालेमा ७० वर्षे उमेर हद राख्ने कि हटाउने भनेर पार्टीभित्र नेताहरुबीच तीव्र मतभेद छ । एमाले अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली उमेर हटाउन नहुने पक्षमा छन् । ओली पक्षधर नेताहरु उनलाई साथ लिएर विधानबाट उमेर हटाउन नहुने पक्षको वकालत गरि रहेका छन् ।

ओली आगामी ११ औं अधिवेशनबाट फेरि एमाले नेतृत्व लिन दाउमा छन् । उनी अहिले दोस्रो कार्यकाल एमाले अध्यक्ष छन् । अध्यक्ष ओलीको उमेर ७० वर्ष बढी भएकाले विधानमा उमेर हद संशोधन नभए उनी ११ औं अधिवेशनबाट एमाले नेतृत्वबाट बाहिरिने छन् ।

सुदूरपश्चिममै स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा विधानमा उमेर हद यथावत राखेर नेतृत्व हस्तान्तरण गर्न पर्ने पक्षमा लबिङ्ग गर्दै आएका छन् । त्यसका लागि थापा लगायतले पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीलाई नेतृत्वका लागि अगाडि सारेका थिए ।

एमाले केन्द्रीय कमिटीले पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन नहुने निर्णय गरेपछि पछिल्लो भण्डारीको चर्चा ओझेलमा छ ।

कञ्चनपुर एमालेले ओलीलाई बल पुग्ने गरी जिल्ला कमिटी बैठकबाट उमेर हद हटाउनु पर्ने निर्णय गरेको हो । जिल्ला कमिटीको निर्णयलाई एमाले केन्द्रीय कमिटीमा पठाइने एमालेले जानकारी दिएको छ ।

एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटन अध्यक्ष ओलीले गरेका थिए । उनले लक्ष्मी बुढालाई अध्यक्ष र पल्लवराज भट्टलाई सचिव बनाउन नामै तोकेर निर्देशन दिएका थिए ।

dirghayi clinic

ओलीको निर्देशनपछि एक सातापछि निर्वाचन प्रक्रिया अनुसार दर्ता उम्मेदवारी फिर्ता गरी सहमतिबाट जिल्ला कमिटी चयन गरिएको थियो ।

कञ्चनपुर एमालेका दुई पोलिटब्युरो सदस्य निरुदेबी पाल र राजेन्द्र सिह रावल तथा केन्द्रीय कमिटी सदस्य कमला बोहरा अध्यक्ष ओलीसम्म पहुँच भएका नेता मानिन्छन् ।

उनीहरुमध्ये पाल र बोहराको अध्यक्ष ओलीको बालकोटसम्म पहुँच छ । जिल्ला कमिटी बैठकमा सहभागी एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट नेकपा विभाजनपछि सुदूरपश्चिममा ओलीका सबैभन्दा विश्वासिला बनेका छन् ।

इन्चार्ज भट्ट आफैं जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागी भएका छन् । सुदूरपश्चिम एमालेमा इन्चार्ज भट्ट, स्थायी कमिटी सदस्य थापा र केन्द्रीय सदस्य तथा उद्योग आपूर्ति तथा बाणिज्य मन्त्री दामोदर भण्डारीका तीन समूह छन् ।

एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट भट्ट र भण्डारीका छुट्टाछुट्टै समूह बनेका हुन् । त्यस अघि उनीहरु एकै गुटमा थिए ।

कञ्चनपुर एमालेमा स्थायी कमिटी सदस्य थापा समूहको वर्चश्व छ । एमाले आठौं जिल्ला अधिवेशनदेखि थापा समूहले कञ्चनपुरमा वर्चश्व बनाएको हो । अहिले जिल्ला कमिटी थापा समूह नजिक छ ।

थापा समूहको वर्चश्व भएको जिल्ला कमिटीले बिहीबार उनलाई आश्चर्य हुने गरी विधानबाट उमेर हद हटाउन हुने निर्णय पारित गरि दिएको छ ।

बैठकले केन्द्रीय कमिटी सख्या घटाउन सुझाव दिएको छ । हाल एमाले २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ । यसलाई घटाएर १ ुय ९९ राख्ने सुझाव दिइएको छ ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बैठकबाट आएका सुझावलाई केन्द्रीय कमिटी पठाउने निर्णय गरिएको छ।

बैठकमा राजनैतिक, साँगठिनक, आर्थिक प्रतिवेदन, पेश हुने र आगामी दिनको योजना निर्माण गर्ने, भदौ १ गते महेन्द्रनगरमा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय पारित गरेको छ ।

बैठकमा एमाले सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भट्ट, कञ्चनपुर जिल्ला अध्यक्ष निरु पाल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, अर्का केन्द्रीय सदस्य कृपाराम राना, कमला बोहरा, प्रदेश अध्यक्ष कृष्ण जैसि, जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगाउतका सहभागी छन् ।

Himal dental
सम्बन्धित
Loading...