ghar sansar

माओवादी उपाध्यक्ष श्रेष्ठले सरकारसित पोखे आक्रोश, भने– सरकारको पर्याय भ्रष्टाचार, छलछाम, कपट

little buddha academy
khasi

महेन्द्रनगर । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारमाथि गम्भीर अराोप लगाएका छन् । उनले काँग्रेस एमालेको सरकार भ्रष्टाचारी संरक्षण गर्ने उद्देश्यले गठन भएको आरोप लगाए ।

‘प्रचण्ड नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचारीमाथि डण्डा बजाउने काम गरेको र ओली सरकार आफ्ना भ्रष्टाचारी जोगाउन केन्द्रीत छ, भ्रष्टाचारी जोगाउन नै यो सरकार गठन भएको हो’ यसको उद्देश्य नै संरक्षण गर्ने हो’ सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

,orning glory badhai

जनतालाई सुशासन र भ्रष्टाचार विरुद्ध आक्रामक भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालिएको श्रेष्ठको दाबी थियो । ‘जनतालाई विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो, ‘उनले भने, ‘यो सरकारको पर्यायबाजी भ्रष्टाचार, छलछाम, कपट हो, यो सरकार जति रहन्छ, देशमा त्यति यथास्थिति रहन्छ ।’

dirghayi clinic

नेकपा विप्लव, समाजवादी, जसपा सहितका शक्तिहरुविच नेकपा देखि समाजवादी मोर्चा, ब्यूँताउने छलफल चलिरहेको श्रेष्ठले बताए ।

‘संविधानको रक्षा गर्न देशलाई प्रतिगमनको खतराबाट बचाउनु छ, ‘श्रेष्ठले भने, ‘अहिलेको मुल राष्ट्रिय कार्यभार समाजिक आर्थिक रुपान्तरण हो, यसका लागि सुशासनको विकल्प छैन ।’

माओवादी केन्द्रको भीमदत्त नगर अधिवेशन उद्घानका लागि उनी महेन्द्रनगर आएका हुन् ।

श्रेष्ठले दोधारा चाँदनी पुगेर सुख्खा बन्दरगाह स्थल अनुगमन पनि गरेका छन । उनी धनगढीबाट हुलाकी राजमार्ग पुनर्वास, बेलौरी, बेलडाँडी दक्षिणी क्षेत्र हुँदै महेन्द्रनगर आएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...