ghar sansar

हामीमाथि अड्डासारमा पनि राजनीतिक प्रतिशोध साँधियो – रास्वपा नेताहरु

little buddha academy
khasi

महेन्द्रनगर । अदालतको आदेशले पार्टी सभापति रवि लामिछाने कारागार चलान भएपछि हस्ताक्षर अभियान सञ्चालन गरि रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले सरकारले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको बताएका छन् । उनीहरुले अदालतको आदेशलाई सम्मान गर्ने समेत बताए ।

महेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा नेताहरु दिपक बोहरा, रमेश प्रसाई र प्रमोद न्यौपानेले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको बताएका हुन् । हस्ताक्षर अभियानका संयोजक बोहरा सहितले पत्रकार सम्मेलनमा जवाफ दिएका छन् ।

,orning glory badhai

‘सहकारीमा प्रत्यक्ष नजोडिएका व्यक्ति पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनैतिक प्रतिशोध साँधेर मुद्दा चलाएको छ, गोर्खा मिडियामा कार्यरत हुँदा सहकारीबाट गोर्खा मिडियाका अध्यक्ष जिवी राईले ल्याएको रकम मिडियाकै काममा खर्च गरेको विषयलाई सरकारले प्रतिशोध साँधेर झुटा मुद्दा चलाएको छ’ उनले भने ।

dirghayi clinic

एमाले नेता सुर्य थापा नेतृत्वको छानबिन समितिकै प्रतिवेदनमा समेत रास्वपा सभापति लामिछानेले प्रत्यक्ष ऋण नलिएको स्पष्टै हुँदा पनि सरकारले पुन पुरक मुद्दा लगायो, ‘उनले भने, ‘उतिबेला काँग्रेसले पाटी सभापतिलाई प्रधानमन्त्रीको अफर गर्ने नमानेपछि मुद्दा चलायो ।’ रास्वपा युवा नेता प्रमोद न्यौपानेले सरकारले राजनीतिक बदनियत देखाएर कानुनको आडमा लामिछाने बिरुद्ध मुद्दा चलाएको बताए ।

‘राज्यले विभेद मात्रै होईन, अन्याय गरेको छ, ‘उनले भने, ‘अड्डासारमा पनि राजनीतिक ग¥यो, भैरबाहमा हुँदा उप चुनाव पाटीको पक्षमा आउने भएपछि मात्रै काठमाण्डौँ अड्डासार गरियो ।’ सम्वैधानिक परिषदमा बहुमत पु¥याउनका लागि उप सभामुख ईन्दिरा रानामगरलाई हटाउन खोजेपनि सत्ताधारी दलबाटै सहयोग नपाएपछि सो कार्य असफल भएको बताए ।

रास्वपा सहप्रवक्ता रमेश प्रसाईले अहिलेको सरकार शक्तिको आडमा कानुन उलङघन गरिरहहेको बताए । प्रसाईले भिजिट भिषा प्रकरणदेखि सुशासन दिन नसकेको बताए । ‘दार्चुला स्थित लिपुलेकको भूमि नेपालकै अक्षुुण भुभाग हो, ‘उनले भने, ‘लिपुलेकमाथि अनावश्यक राजनीति गर्नु हुँदैन ।’

हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईका लागि इजरायलसंग नभई कतारसंग समन्वय आवश्यक रहेकोे बताए । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले अहिले आएर विपिन जोशीकोे रिहाईका लागि सरकार लागि परेको विषय हास्यास्पद भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...