ghar sansar

निर्माण व्यवसायी चुनाव : यस्ता छन् महासचिवका उम्मेदवार योगेन्द्र

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोबरैयाका योगेन्द्र ठकुराठी र भीमदत्त नगरपालिका ६ ऐंठपुरका देबीदत्त भट्टबीच विद्यार्थी जीवनदेखि सम्बन्ध हो । बैजनाथ माध्यमिक विद्यालयमा ठकुराठी कक्षा ८ मा पढ्दा भट्ट १० मा पढ्थे । ठकुराठी भट्टलाई दाई भन्छन् ।

उनीहरु दुबै जना निर्माण व्यवसायी संघको कञ्चनपुरको वर्तमान समितिमा छन् । ठकुराठी संघको महासचिव र भट्ट सदस्य हुन् । १४ आंै निर्वाचनमा उनीहरु दुबै जना चुनाव लडेर संघमा आएका हुन् ।

,orning glory badhai

भदौ २१ गते हुने १५ आंै निर्वाचनमा उनीहरु दुबै जना एक अर्काका प्रतिस्पर्धी हुने भएका छन् । उनीहरु महासचिवका उम्मेदवार हुन् । ठकुराठी निरञ्जन प्रसाद भट्ट र देबीदत्त भट्ट पुष्पराज अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार छन् ।

‘हामी दुई जनाबीच पहिलादेखि नै चिनजान र सम्बन्ध हो, वहाँ मेरो दाई हो, म बैजनाथमा कक्षा ८ मा पढ्दा वहाँ १० मा पढ्नु हुन्थ्यो’ ठकुराठीले भने,‘हामीबीच आत्मिय सम्बन्ध छ, यो चुनाव संघको हो, प्रतिस्पर्धी मात्रै हौ, सम्बन्ध हाम्रो समान रहन्छ ।’

५० को दशकदेखि निर्माण व्यवसायमा लागेका ठकुराठी निर्माण व्यवसायी संघमा सदस्य, सचिव हुँदै १४ औं निर्वाचनबाट महासचिव भएका हुन् । उनी फेरि महासचिव दोहोरिने गरी चुनावी प्रतिस्पर्धामा छन् । संघको १२ औं अधिवेशनबाट सदस्य र १३ औं बाट सचिव निर्वाचित भएका हुन् ।

सदस्य, सचिव र महासचिसम्म उनी क्रमशः उक्लिएर १५ औं अधिवेशनमा दोहोरिनको कारण व्यवसायीहरु भएको ठकुराठी बताउँछन् । ‘म सदस्य, सचिव हुँदै महासचिव भए, अहिले फेरि सबै साथीहरुको इच्छा अनुसार महासचिव दोहोरिन खोजे’ उनले भने,‘सबै साथीहरुले मलाई यही पदमा रुचाएकाले हो, म फेरि महासचिव लड्दैछु ।’

प्यानलको चुनावी प्रतिवद्धता सहित प्रचारप्रसारमा सक्रिय उनले सबैका हकहितका लागि प्यानल बनाएर अघि बढेको उनी बताउँछन् ।

‘प्रचार प्रसार राम्रो, प्यानल बिजयी गराउनु भनेर लागेको छौ’ उनले भने,‘यो समितिले तीन वर्षमा गर्न नसकेका केही अधुरा काम छन, त्यस बाहेकका नयाँ काम गर्ने भनेर हामी व्यवसायी साथीहरुलाई भनि रहेका छौ ।’

महासचिवको तीन वर्षे कार्यकालको अनुभवले संघ र व्यवसायीहरुको हकहितका लागि काम गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।

तीन वर्षे कार्यकालमा आफूले व्यवसायीहरुको चित्त दुख्ने गरी काम नगरेको र आफूसित व्यवसायीका गुनासो समेत नभएको उनले बताए ।

dirghayi clinic

‘व्यक्तिगत हिसाबले सबैको हकहित अनुसार काम गरिएको छ, प्यानलको एजेण्डा छ, त्यस अनुसार अघि बढेका छौ’ उनले भने ।

निर्वाचनमा आफूहरुले व्यवसायीले समयमा भुक्तानी नपाउने समस्या, ल्याब स्थापना र संघ बाहिरका व्यवसायीलाई संघमा ल्याउने लगायतका एजेण्डा व्यवसायीसम्म लगेको उनले बताए ।

‘ल्याबको समस्या छ, कैलाली, बाँके, बर्दियासम्म जानु पर्ने अवस्था छ, संघको खाली जग्गामा पनि बनाउने सकिन्छ’ उनले भने,‘यो कार्यकालमा पनि प्रयास त ग¥यौ, तर सफल हुन सकेनौ ।’

संघको सदस्यता शुल्क घटाउने कुरालाई पनि आफूहरुले चुनावी प्रचारमा समावेश गरेको उनले बताए । संघको सदस्यता शुल्क एक लाखबाट ५० हजार हुँदै घटेर हाल ११ हजार पुगेको छ । संघभित्र सदस्यता शुल्क घटाउनु पर्ने व्यवसायीहरुको माग छ ।

२०३३ मा भीनपा १८ गोबरैयामा जन्मिएकी उनी सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्ययनपछि व्यवसायमा लागेका हुन् । ठकुराठी परिवार पुख्र्यौली व्यवसायिक परिवार हो ।

ठकुराठीका बुवा राम सिह ठकुराठी धार्मिक क्षेत्रमा परिचित नाम हो । उनी ९४वर्षका छन् । किराना पसलसंगै बुवा रामसिहले निर्माण व्यवसायीको लाइसेन्स लिएपछि ठकुराठी परिवार ठेक्कापट्टामा जोडिएको हो ।

प्रारम्भिक शिक्षा बाल संगठन बाल मन्दिरमा उनी विद्यार्थी जीवनमा बुवाको व्यवसायमा सहयोग गर्थे । उनका दुई दाई लोग बहादुर ठकुराठी र रनध्वज बहादुर ठकुराठी पनि पसलमा बस्थे । जेठा रनध्वन यातायात क्षेत्र र लोग बहादुर निर्माण व्यवसाय क्षेत्रमा छन् ।

ठकुराठीका दाई लोग बहादुर २०४२ मा निरज कन्स्ट्रक्सन खोलेका थिए । महासचिव ठकुराठी २०५० देखि दाईको कम्पनीसित जोडेर निर्माण व्यवसायमा आएका हुन् । २०६६ मा उनले आफ्नै निर्माण कम्पनी वाइटी कन्स्ट्रक्सन खोलेका हुन् ।

‘दाई लोग बहादुर ठकुराठीले २०४२ तिर निर्माण व्यवसायतिर लाग्नु भयो, म किराना पसल हेर्ने गर्थे, ’ उनले भने,‘ २०५१ देखि निर्माण काम गर्दै आएको छु, साइड हेर्ने कामबाट अघि बढे, हेर्दाहेर्दैै व्यवसाय राम्रो छ भन्ने लाग्यो, अहिलेसम्म यहीं व्यवसायमा छु ।’

महासचिव ठकुराठी सरल र मिजासिला स्वभावका छन् । थोरै बोल्ने उनी व्यवसायमा लगावले सफलता मिल्ने बताउँछन् ।

‘सबै व्यवसायको आफ्नो महत्व हुन्छ, व्यवसाय गर्दा बाधा अवरोध आउँछन्, ती सबै सहन गरेर अघि बढ्न सके मात्रै सफलता पाइन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...