ghar sansar

कञ्चनपुर कारागारबाट भागेका ९ कैदीबन्दी फर्किए कारागार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट मंगलबार साँझ भागेका ९ कैदीबन्दी बुधबार कारागार फर्र्किएका छन् । मंगलबार साँझ जेएन जी आन्दोलनका क्रमम कारागारबाट ४ सय ५८ कैदी बन्दी भागेका थिए । कारागारका २१ कैदीबन्दी भने फरार नभएर कारागारभित्रै बसेका थिए ।

भागेकामध्ये ९ जना कारागार फर्किएका छन् । आन्दोलनका क्रममा सुदूरपश्चिममा बाजुरा बाहेक अन्य सबै जिल्लाक कारगारबाट कैदीबन्दी भागेका छन् ।

,orning glory badhai
dirghayi clinic

सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी डम्बर विश्वकर्माले कैलाली कारागारका कम्तीमा पनि सात सय जना सहित ८ वटा कारागारबाट करिब एक हजार चार सय कैदीबन्दी भागेको जानकारी दिएका छन् ।

जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये ६६ जना भागेका छन् भने अन्य कैदीबन्दी कारागारमै बसिरहेका छन् ।

भागेकामध्ये मंगलबार तीन र बुधबार दुई गरेर पाँच जना कैदीबन्दीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यी बाहेकका प्रायस् जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...