

महेन्द्रनगर । राजनीति दल सम्बद्ध युवा र विद्यार्थीले जेएन जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरी क्षतिग्रस्त बनाएका घरहरुमा पुगेर जानकारी लिन थालेका छन् ।
क्षतिग्रस्त घरको अवस्था अवलोकन गरी उनीहरुले परिवारका सदस्यलाई आफूहरु साथ रहेको सन्देश दिएका छन् । घर परिवारका सदस्यसित क्षतिको बारेमा पनि उनीहरुले कुराकानी गरि रहेका छन् ।

भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले आन्दोलनका क्रममा आगननी र तोडफोड गरिएका सबैका घरमा पुगेर जानकारी लिने र घर परिवारलाई सान्तवना दिइएको बताए ।
‘जेएनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि जनतामा कस्तो डरको भावन छ, त्यो हामी सबैले देखेकै छौ’ उनले भने,‘त्यसुलाई मेटाउन चाहन्छौ, दुखःमा परेका मान्छेका साथमा छौ, न्यायको पक्षमा छौ, हामी युवा तपाईहरुको साथमा छौ भनेर सबै पीडामा परेका परिवारलाई भनि रहेका छौ ।’
जेएन जी आन्दोलनका क्रममा राष्ट्रिय राजनीतिलाई लिएर राजनीतिक दलसित आवद्ध भएका कारण आगजनी र तोडफोड गरिनु दुःखद भएको उनले बताए ।
‘कुनै मान्छे दलसित आवद्ध छ, विचारसित आवद्ध छ, अरु व्यक्तिगत प्रतिशोध लिने कारणले तोडफोड र आगजनी गरिएको, यो एकदमै गम्भीर अपराध हो’ उनले भने ।
वडा अध्यक्ष थापा सहित विभिन्न राजनीति दल आवद्ध ५० भन्दा बढी युवाले क्षतिग्रस्त घरमा पुगेर जानकरी लिइ रहेका छन् । उनीहरु सबै राजनीतिक दल आवद्ध युवा छन् ।
दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम बस्नेत, राष्ट्रिय युवा संघका अध्यक्ष दिनेश विष्ट, विद्यार्थी नेता रमेश पन्त, रमेश ठगुन्ना, जीबन धामी लगायतका युवाहरु छन् ।
बिहीबारदेखि युवाले क्षतिग्रस्त घरमा पुग्न थालेका हुन् । बिहीबार भीमदत्त नगरपालिका १७ बाँसखेडास्थित एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारती र भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको घर पुगेका थिए ।

‘हिजोबाट घरहरुमा पुग्न थालेका हौै, हिजो हामी ३० जना जति थियौ, आज साथीहरु ५०÷६० जना छौ’ थापाले भने,‘सबै घरमा पुग्छौ ।’
बिहीबार युवाहरु सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, पूर्व आर्थिक मामिला मन्त्री प्रकाश रावल र भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको घरमा पुगेका छन् ।
पूर्व मुख्यमन्त्री रावलको भीनपा ६ ऐठपुर, पूर्व अर्थमन्त्रीको भीनपा ६ खैरेनी र मेयर बोगटीको भीनपा २ महोलियामा घर छ । युवाले पूर्व आर्थिक मामिला मन्त्री रावललाई भेटेर कुराकानी गरेका छन् ।
पूर्व आर्थिक मामिला मन्त्री रावलले आफूले जीवनमा एक रुपैँया भ्रष्टाचार नगरी बनाएको सम्पत्ति आगजनी र तोडफोड गरिएको दुखेसो पोखेको थापाले बताए ।
‘हाम्रो टीम त्यहाँ पुगेर पूर्व अर्थ मन्त्रीज्यूको घर हे¥यौ, वहाँसित कुरा ग¥यौ, वहाँले त जीवनमा कहिले भ्रष्टाचार नगरी कमाएको सम्पत्ति हो भन्नु भयो’ थापाले भने ।
भीमदत्त नगरपालिका मेयर पदम बोगटीको घर ६० प्रतिशत बढी जलेर नष्ट भएको थापाले बताए । मेयर बोगटीको छोरा आशिसले युवालाई आफूले भागेर ज्यान जोगाएको जानकारी गराएको बताए । उनले मार्न खोजेपछि भागेर ज्यान बताएका छन् ।
‘‘मेयर सापको छोरा आशिलाई भेट्यौ, ज्यान जोगाएर भागे, मार्न खोजेका थिए’ सिलिण्डरमा आगो लगाएर घरभित्र फालेका थिए, त्यो सिलिण्ड। फड्केर ज्यान जान सक्थ्यो’ थापाले भने ।
मेयर बोगटीको घरको मोटर, नल्का सबै जलाई दिएको उनले बताए । आन्दोलनकारी आउने सूचना पाएपछि मेयर बोगटीको छोरा बाहेक उनको परिवार छिमेकी घरमा गएका थियो । घरमा भएका आशिषले घरमा आगो नलगाउन आन्दोलनकारीसित आग्रह गरेका थिए ।
एमाले कञ्चनपुर इन्चार्ज पालको बाँसखेडा र मेनरोडस्थित घरमा आगजनी र तोडफोड गरिएको छ । थापाले बाँसखेडास्थित पालको घरमा सबैभन्दा बढी क्षति पुगेको बताए । ‘हिजो त्यहाँ गएका थियौ, सबैभन्दा बढी बढी जलेको छ’ उनले भने ।
भीमदत्त नगरपालिका क्षेत्रमा आगजनी र तोडफोड गरिएका सबै घर पुगेपछि संविधान रक्षाका लागि युवा विद्यार्थी एक हुने थापाले बताए ।
जेएन जी आन्दोलनमा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापा लगायतका घरमा तोडफोड र आगजनी गरिएको छ ।

