ghar sansar

ठूलो संकटबाट जोगियो देश

little buddha academy
khasi

–कमला बोहरा

नेपालको राजनीतिक ईतिहास राणा शासनको क्रुर कालो दमनबाट माथि उठेको हो । सामन्तवादी व्यवस्था र त्यसका शासकहरुलाई घुँडा टेकाउन पटक पटक ठूला आन्दोलनहरु भए जस्मा नेपाली जनता र उनीहरुले विश्वास गरेका दलहरुको ठूलो भुमिका रह्यो । आज लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ बर्ष पुग्यो । २०८२÷०५÷२३ गते गणतन्त्र घोषणा हुँदा बखत जन्मेका १६÷१७ बर्षे युवा हुँदै गरेका भाई बहिनीहरुले भ्रटाचार र नातावाद कृपावादको मुद्दालाई उठाएर ठूलो आन्दोलन मार्फत देशको प्रधानमन्त्री परिवर्तन गरे । यसका अन्य पाटाहरुको समीक्षा समयले गर्ला तर यो बेला जुन आरोपको जगमा टेकेर युवाहरुले आन्दोलन गरे त्यो हाम्रा नेताहरुले प्रमाणित गरि दिए । घरका कोठाभरी जलेको पैसाले नेपालका नेताहरुको अनुहारको पर्दा साच्चै उघारी दियो । हामीले सोचेको नयाँ नेपाल यस्तो पक्कै होईन ।

,orning glory badhai
dirghayi clinic

फेरि पनि भन्छु भ्रष्टचारीहरुको कुनै पार्टी, जात धर्म र लिंग हँुदैन । राज्य दोहन गर्ने छुट कसैलाई छैन । देशले परिवर्तनको माग गरेको छ अब गलत र सहिको सुरुवात जराबाट गरौं सम्पूर्ण पार्टीको केन्द्रीय निकायमा रहेका नेताहरुको सम्पत्ति छानबिन तथा शुद्धीकरण गर्न राज्यले उच्च स्तरीय आयोग बनाओस भ्रष्टाचारी जो कोही होस आजीवन नजरबन्दमा राखियोस र सहि र निष्कलंकित व्यक्तिहरुले देश चलाओस ।

अब पार्टीमा यो या त्यो नाममा बिभाजित होईन नयाँ संरचना सहित एकमत एमाले युवा र विद्यार्र्थीहरुको प्रतिनिधित्व सहित लोकप्रिय एमाले बनाउन आजदेखि लागौ । हामी सक्किने होईन सच्चिने हो । बिचार चेतना र लामो आन्दोलनको जगमा बनेको नेकपा एमाले जबजको जगमा ठिङ्ग उभिन्छ उभ्याउँछौं । अफ्ठेरोमा लुक्ने होईन छाती चौडा गरेर जनताको बिचमा जाने हो । नेपालको राजनीतिमा बाह्य चलखेल रोक्न जनतालाई सचेत पार्न र बिभिन्न नाममा फण्डिङ्ग गरी एकाएक हिरो करार गराईएका प्रतिनिधिहरुबट देश संकटमा पर्छ ।

नेता बन्ने र बनाउने जो कोहीलाई समाज र जनताले जर्रदेखि उसको ईतिहास हेरौ पढौ । अब देशलाई हानी हुने कुनै पनि हालतमा नदिऊ । अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुसीला कार्कीज्यूलाई हार्दिक बधाई । पुनः भन्छु देश ठुलो संकटबाट बचेको छ । नेपालका संवैधानिक अंगहरुको पनि पुनर्संरचना हुन जरुरी देखिएको छ ।

Himal dental
सम्बन्धित
Loading...