ghar sansar

निर्माणमा के गर्दैछ निर्वाचित समिति, निवर्तमान समितिले माग्यो व्यवसायीसित क्षतिको विवरण

little buddha academy
khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले जेन जी आन्दोलनमा भएको क्षति विवरण तीन दिनभित्र उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको छ ।

संघका सचिव सूर्य बहादुर चन्दले मंगलबार सार्वजनिक सूचना गरी नेपाल निर्माण व्यवसायी महासंघका पत्र अनुसार सबै व्यवसायीलाई क्षति विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।

,orning glory badhai

संघको भदौ २१ गते भएको १५ र्औं अधिवेशनबाट पुष्पराज अवस्थीको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको थियो । निर्वाचनको अघिल्लो दिन भदौ २० गते बन्द सत्रबाट १४ र्औं अधिवेशनबाट निर्वाचित समिति विघटन गरिएको थियो । चन्द निवर्तमान समितिमा सचिव थिए ।

dirghayi clinic

बन्द सत्रबाट विघटन गरिएको समितिको नाममा निर्वाचन भएको १० दिनपछि व्यवसायीहरुलाई क्षतिको विवरण बुझाउन सूचना जारी भएको छ । १५ औं अधिवेशनबाट निर्वाचित समितिमा बृज किशोर चन्द सचिव छन् । उनी निर्वरोध सचिव भएका हुन् ।

१५ औं अधिवेशनबाट अध्यक्ष अवस्थी, वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देबीदत्त भट्ट, सचिव बृज किशोर चन्द, कोषाध्यक्ष तेज बहादुर चन्द र सह कोषाध्यक्ष हेम बहादुर महरा निर्वाचित भएका थिए ।

नव निर्वाचित समितिले पद तथा गोपनियताको शपथ खाइ सकेको छ । निवर्तमान समितिले अझैसम्म पदभार भने हस्तान्तरण गरेको छैन ।

Himal dental
सम्बन्धित
Loading...