ghar sansar

जेन जी आन्दोलनको एमाले पार्टी कार्यालयमा अनौठो तोडफोड, अध्यक्ष ओलीको तस्बिर मात्रै हटाइछ यो बार्डबाट

little buddha academy
khasi

महेन्द्रनगर । भदौ २४ गते जेन जी आन्दोलनमा आगजनी र तोडफोडले एमाले कञ्चनपुरको पार्टी कार्यालय खण्डहर बनेको छ । नेता कार्यकर्ताले केही दिन अघि पार्टी कार्यालयमा सरसफाई गरे । आन्दोलनकारीले ढालेको प्रवेशद्वार अझै ठाडो हुन सकेको छैन । कार्यालयका अध्यक्ष, पदाधिकारी, कार्यालय सचिव र सभा कक्षका सबै ढोका जलेका छन् । भित्ताहरु धुँवाले कालो बनेका छन् ।

आन्दोलनकारीले दुई पटक पुगेर पार्टी कार्यालय तोडफोड र आगजनी गरे । पहिलो पटक तोडफोड गरी फर्किएका आन्दोलनकारी फेरि कार्यालय गएर आगजनी गरेका हुन् । त्यस क्रममा उनीहरुले अध्यक्ष ओली सहितका नेताहरुलाई अश्लिन गाली गलौज समेत गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

,orning glory badhai

भुई तला सहित दुई तले कार्यालयको कोठा कोठा पुगेर उनीहरुले कुर्सी, टेबल, दराज, कागजात पत्रमा भित्र र बाहिर फालेर आगो लगाए । कार्यालयभित्र र बाहिर दुबैतिर आगोको मुस्लो फैलियो । आगो नियन्त्रण आउँदासम्म एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरुको सहयोगमा बनेको कार्यालय क्षत विक्षत बन्यो ।

पार्टी कार्यालय आगजनी र तोडफोडका क्रममा एमाले अध्यक्ष ओलीको तस्बिर निशाना परेको पाइएको छ । पार्टी कार्यालयको माथिल्लो तला जाने सिँढी नजिक भित्तामा एमाले कञ्चनपुरको नवौ अधिवेशनको होर्डिङ्ग बोर्ड राखिएको थियो । त्यसमा एमाले स्वर्गिय महासचिव मदन भण्डारी र स्वर्गिय पूर्व प्रधान मनमोहन अधिकारीको बिचमा अध्यक्ष ओलीको तस्बिर थियो ।

अध्यक्ष ओलीले २०८० चैत १ गते स्मारक क्षेत्रमा अधिवेशन उद्घाटन गरेका थिए । अध्यक्ष ओलीले अधिवेशन उद्घाटन गरेपछि त्यसलाई कार्यालयमा ल्याएर राखिएको थियो । अहिले आन्दोलनको क्रममा यो बोर्डमा अनौठो तोडफोड गरी ओलीको तस्बिर हटाइएको छ । 

पार्टी कार्यालय उत्तरतिर नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ शालिक ठिक पछाडि यो बोर्ड छ । अहिले पनि त्यही भएको बोर्डबाट अध्यक्ष ओली हटाइएका छन् । दाँयातिरका भण्डारी र बायाँतिरका अधिकारी दुबै बोर्डमा छन् । सग्लो बोर्डमा अध्यक्ष ओलीको तस्बिर भएको ठाउँ खाली छ । 

dirghayi clinic

एमाले नेता कार्यकर्ताले आन्दोलनकारीले बोर्डबाट तस्बिर हटाएको बताएका छन् । उनीहरुले बोर्डबाट ओलीको तस्बिर झिकेर कार्यालयका अन्य समानसंगै जलाएको हुन सक्ने आशंका गरेका छन् । बोर्डबाट झिकिएको तस्बिर हालसम्म भेटाउन नसकिएको उनीहरु बताउँछन् ।

 

एमालेमा अध्यक्ष ओलीलाई मन नपराउने नेता कार्यकर्ताले आन्दोलनका क्रममा बोर्डबाट तस्बिर हटाएको अनुमान उनीहरुलाई छ । २०७७ पुसमा संसद विघटन र त्यसपछि नेकपा विभाजन भएर माधव नेपाल समूह पार्टी बाहिर गएपछि एमालेमा अध्यक्ष ओली विरुद्ध नेता कार्यकर्तामा आक्रोश छ ।

२०४९ मा एमाले कञ्चनपुरको जिल्ला कमिटी बनेपछि पार्टी कार्यालय स्थापना गरिएको हो । एमालेले यो पार्टी कार्यालयबाट २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन लडेको छ ।

एमाले अहिले खण्डर पार्टी कार्यालयबाट २०५१ को मध्यावधि र २०७४ को आम निर्वाचन तथा २०५४ र २०७४ को स्थानीय निर्वाचन जितेको थियो ।

एमाले कञ्चनपुरमा ५ हजार बढी संठगित सदस्य छन् । जेन जी आन्दोलनमा एमाले पार्टी कार्यालय सहित एमाले नेताहरुका घरमा पनि तोडफोड र आगजनी गरिएको छ ।

एमाले कञ्चनपुर इन्चार्ज एबम् पोलिटब्युरो सदस्य निरुदेबी पाल, एमाले पोलिटब्यु रो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, एमाले कञ्चनपुरका पूर्व अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र विष्टको घरमा आगजनी र तोडफोड गरिएको छ ।

इन्चार्ज पालको बाँसखेडा र बजारका दुबै घरमा आगजनी गरिएको छ । विष्टको भीनपा १८ र रावलको भीनपा ६ ऐंठपुरका घर छन् । उनीहरु सबैका घर जलेर क्षतिग्रस्त भएका छन् ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले आगजनी र तोडफोडबाट पार्टी कार्यालयमा भएको क्षतिको मूल्याङ्कन नभएको बताए । ‘प्रहरी आएर मुचुल्का गरेको छ, हामी सबै समानको क्षति विवरण तयार गरेका छौ, त्यो के कति रकमको छ, पैसा कतिसम्मको हो भन्ने अझै यकिन हुन सकेको छैन’ उनले भने ।

 

Himal dental
सम्बन्धित
Loading...