ghar sansar

मैले साढे चार वर्ष अघि नै केहीलाई त मैले भनेको नै थिए

khasi

–महेश पन्त

उल्टो मलाई त धेरै सोझो भैइस महेश राजनीति गर्ने हो भने पैसा चाहिन्छ, निर्वाचन बिना पैसाले जित्न सकिन्न, त्यहीं हुनाले कमिसन र चन्दा असुलीमा अलिकति भएपनि लाग्नु पर्यो र पैसा जम्मा गर्नु पर्यो । त्यसो भन्ने केहीलाई मैले मुखभरि जवाफ दिएको थिए, बरु दसौं निर्वाचन हारुला बरु यस्तो काम गर्दैन ।

dirghayi clinic

यसपछि २०७९ को स्थानीय निर्वाचनमा पार्टीबाट मैले भीमदत्त नगरपालिकामा नगर प्रमुखको लागि टिकट पाए । गाउँ गाउँमा मत माग्न जाँदा मसंग यस्ता यस्ता मान्छेहरु भेटिए, मसंग पाँच सय देखि हजार मत छन् मलाई २० लाख चाहियो । कोही ३०० मतको ५ लाख चाहियो । कोही १०० मत छन १ लाख चाहियो । कोही बङगुर खसी या मासु र रक्सी चाहियो! कोही होटेलमा बसेर हामी २५–४० जना बसि रक्सी मासु खाइ रहेका छौं , भोट चाहिने भए यो होटेलको बिल तिरि देउ ! कोही पत्रकार पनि बिना पैसा न्यूज नलेख्ने । कोही नेताकार्यकर्ता पनि बिना सुविधा नहिड्ने, १०० रुपैया देखि २० लाखसम्म माग्ने पनि भेटिए, केही साथीभाईहरुले सुझाव दिन थाले । ऋण लिनु प¥यो, नत्र निर्वाचन लड्नु निकै गा¥हो छ ।एकचोटि मनमा सोचे ऋण लिनु पर्छ कि क्या हो ! दिनेहरु पनि निकै भेटिएका थिए, तर मनमा कुरा खेलाउँदा अहिले त ऋण लिउला पछि कहाँ बाट तिरौला अनि त्यो तिर्नका लागि भ्रष्टाचार गर्न पर्ने हुन्छ । जनता किनेर निर्वाचन जित्नु एक किसिमको अपराध हो, हैट ! बरु निर्वाचन हारे हारुला तर किनबेचमा लागि भ्रष्ट बन्नु छैन । ईमानदार जनता पनि छन्, उनीहरुकै सहारा निर्वाचनमा अगाडि बढियो तर निर्वाचनमा हार बेहोर्नु प¥यो । हारे पनि मनमा शान्ति थियोे किनबेचमा लागिए भनि …।

भ्रष्ट मानसिकता भएका केही जनता पनि छन् । हामी गरीब गरिब भन्छौ, गरिब हुनु पनि इमानदारिताको सबुत होइन ? केही रक्सी मासुमा केही थोरै पैसामा बेचिएको पनि देखियो । हामी जबसम्म आफूमा आमुल परिवर्तन ल्याउँदैनौ तबसम्म न स्वच्छ नेता कर्मचारी र प्रहरी पाउँदैनौ । हाम्रो आफ्नो मनमा चोर लुकेको हुन्छ तर हामी ईमानदार नेता, प्रहरी र कर्मचारी खोज्छौ, पहिला आफ्नो चेतनामा व्यापक परिवर्तन ल्याउनु प¥यो । हामी नेपाली आफु कस्तो छौं त्यो बुझ्न् पर्यो । हामी अमेरिका जापान अष्ट्रेलिया जस्तो नेता प्रहरी र कर्मचारी खोज्छौ तर हामस् यो बुझ्दैैनौ कि हामी भित्रबाट नै नेता प्रहरी र कर्मचारी छ हामी जस्तो छौं त्यस्तै हामी पाउँछौ ।

कानुनी कमजोरी थिएन, कमजोर हामी थियौ । हामीले हाम्रो स्वार्थीपनाले कानुनलाई काम नलाग्ने बनायौ । नत्र लगातार कानुन तथा समाजको बेइज्जत गर्ने, गुण्डागर्दी गर्ने, भ्रष्टाचार गर्ने, कालाबजारी गर्ने, नातावाद कृपावाद गर्ने, घुस्याहा आतङकको बलमा लुट्नेलाई हामीले आफ्नो हिरो र नेता बनाउने थिएनौं । निर्वाचनमा जिताएर पठाउने थिएनौं । याद राख्नु पर्छ समाजको लागि नेता या प्रहरी यस्तै मिल्छ जस्तो समाज हुन्छ । किनकी त्यो प्रहरीको बर्दिभित्रको मान्छे पनि हामीभित्रै हो, स्वार्थी र कमजोर त्यही हुनाले आफ्नो मानसिकता मा परिवर्तन ल्याउनु प¥यो, ती पैसामा किन्ने नेताहरुलाई आफ्नो आफ्नो गाउँबाट कालोमोसो दलि लखेटेर भगाउनु प¥यो । ईमानदार र स्वच्छ छविका जुनसुकै पार्टीका हुन् जिताउनु प¥यो, तब पो भ्रष्टाचार कम हुन्छ, यो काम आ–आफ्नो टोल र वडा बाट सुरुवात गर्नु प¥यो । यदि भन्दा भ्रष्टाचार के राजनीतिमा मात्र छ र सबैभन्दा बढी भ्रष्टाचार म न्यायापालिका मा देख्छु । यसको कोले छानबिन गर्ने हो ? कर्मचारीमा ३० औं बर्षदेखि जडा गाडेर बसेका छन्, प्रहरीमा झन व्यापक कमिसन र घुस्याहा छन्, सेनामा झन शान्ति सेना घोटाला रासन र लुगा कपडा तथा हतियार खरिदमा घोटाला यसको कसले छानबिन गर्ने ? यहीँ हुनाले एउटा शक्तिशाली उच्च स्तरीय छानबिन आयोगको स्थापना गरौं ! जसले २०४६ पछिका नेता कार्यकर्ता,कर्मचारी,सेना,प्रहरी ,न्यायपालिका तथा अन्य सेवा मूलकमा लागेका लाभका पदभार समालेका हरुको आयआर्जन सम्पूर्ण सम्पत्तिको निष्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।

२०६२–६३को ऐतिहासिक जनआन्दोलनको सत्यतथ्य बाहिर ल्याउन गठित रायमाझी आयोग जस्तो नहोस् , उक्त आयोगले छानबिन त ग¥यो तर कुनैपनि दोषीमाथि कार्वाही भएन। तसर्थ सजक र सचेत रहौ वास्तविक सत्यतथ्य बाहिर ल्याउ निर्दोष फस्नु हुन्न दोषी उम्कनु हुन्न..। राजनीति र अन्य क्षेत्रमा लागेका सबै भ्रष्ट छैनन् ईमानदार, लगनशील र देशभक्त हरुनि छन जसरी अस्ति न्भल श् को आन्दोलनमा केहि अराजक तत्त्वहरुले यि भ्रष्ट हुन भनि ईमानदार ब्याक्तित्वहरुको घरमा आगजनी गरि ठुलो क्षति पुरयाउनु साथै लुटपाट पनि गरेका छन।यदि भ्रष्ट भएपनि कानुनी दायरामा कार्वाही हुनुपर्छ।त्यो घर अरुको पनि हो अरुपनि त्यो घरमा बस्छन् र भ्रष्टाचार गरि कमाएको हो भने त्यो छानबिन नगरी आगजनी गर्ने यदि त्यो भ्रष्टाचार बाट नि कमाएको हो भने जफत गरि राष्ट्रियकरण गर्नुपर्ने थियो । तर हाम्रो सभ्य समाजको मर्यादालाई तार तार गरि केही अराजक तत्वहरुले पुरै समाजलाई दरिद्रता बनाउन खोजियो त्यो आगो ल्याउने फैसला र लुटपाट गर्ने काम गलत थियोे । अराजक र आतंकको सहारामा गरिएको फैसला तानाशाही प्रवृत्ति र मानवअधिकार उलङ्घनको तीव्र पराकाष्टा थियो । भोलि समाजमा उठ्ने सही आवाजलाई नि दबाइने छ सबैलाई चेतना भया ।

 

Himal dental
सम्बन्धित
Loading...