ghar sansar

जेन जी नाममा भीडभाड भएर कामकाज गर्ने वातावरण नभएको भन्दै बेलौरी नगरपालिका अनिश्चितकाल बन्द

little buddha academy
khasi

महेन्द्रनगर । जेन जीको नाममा दैनिक कार्यालयमा भीडभाड भएर कार्यालयका कामकाज बाधा पुगेपछि बेलौरी नगरपालिकाले बुधबारदेखि अनिश्चित सेवा बन्द गरेको छ ।

नगरपालिकाका सबै कर्मचारीले बुधबार संयुक्त विज्ञप्ति सार्वजनिक गरी स्वास्थ्य सेवा बाहेकका सबै सेवा अनिश्चितकाल बन्द गरेका छन् ।

,orning glory badhai

जेन जी आन्दोलनपछि बेलौरी नगरपालिकामा भदौ २९ गतेदेखि दैनिक रुपमा भीडभाड गरी कामकाजमा बाधा पुगेको र कर्मचारीलाई विभिन्न लाञ्छना लगाएर काम गर्न असहज भएपछि विषम परिस्थिति देखिएको भन्दै सेवा प्रवाह बन्द गरिएको छ ।

कर्मचारीमाथि विभिन्न आरोप लगाएर मनोबल गिराउने र काम गर्ने वातावरण असहज भएपछि नभएपछि कर्मचारीहरुले कार्यालयमा बसेर सेवा प्रवाह गर्न असमर्थ भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

भदौ २३ र २४ गते जेन जी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकार सत्ताच्युत भएर पूर्व प्रधानमन्धत्रीपूर्व प्रधानन्यायाधिश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

बेलौरी नगरपालिकामा जेन जी युवाको समूह विभिन्न मागहरु राखेर भदौ २९ गतेदेखि निरन्तर नगरपालिका कार्यालय जान थालेको हो ।

‘२०८२ भदौ २९ गतेदेखि निरन्तर जेन जी र समूह समर्थकद्वारा कार्यालयमा उपस्थित भई कार्यालयमा दैनिक सेवा प्रवाह तथा कार्य सम्पादनमा बाधा पुगाई रहेका छन्’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कर्मचारीलाई विभिन्न किसिमका कपोकल्पि लाञ्छना लगाई मनोबल घटाउने, कर्मचारीलाई कार्यालयमा काम गर्ने वातावरण खलबल्याई निरन्तर प्रदर्शन अराजकता प्रदर्शन गरि रहेकाले यस विषम परिस्थितिमा काम गर्ने वातावरण नरहेको हुँदा आजैका मितिबाट स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न असमर्थ रहेको व्यहोरा सबैमा जानकारी गराउँदै यसबाट नगरवासी एबम् सम्पूर्ण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौ ।’

dirghayi clinic

बेलौरी नगरपालिकामा मंगलबार नयाँ प्रमुख प्रशासकीय अधिकृत रमेश बुढाथोकीको स्वागत गरिएको थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले कार्यभार सम्हालेको दोस्रो दिनपछि कार्यालयमा सेवा प्रवाह बन्द गरिएको हो ।

यस अघि नगरपालिकामा गणेश सिह ऐरी प्रमुख प्रशासकीय अधिकृत थिए । उनी बुढाथोकी प्रमुख प्रशासकीय अधिकृत आएका छन् ।

बेलौरी नगरपालिका सबैभन्दा प्रमुख प्रशासकीय अधिकृत हेरफेर हुने स्थानीय तह हो । माओवादी केन्द्रका नेता पोतिलाल चौधरी दोस्रो कार्यकाल मेयर छन् । जेन जी युवा र मेयर चौधरीबीच केही दिन अघि कार्यकक्षमा चर्काचर्की भएको थियो ।

जेन जी युवाले नगरपालिकालाई विभिन्न ६ बुँदे माग पत्र बुझाएका थिए । ‘जेन–जी बेलौरी तथा समर्थक’ समूहको नाममा नगर प्रमुख चौधरीलाई माग पत्र बुझाइएको थियो ।

नगरपालिकाले राजनीतिक आधारमा गरिएका सबै नियुक्ति खारेज, अलपत्र विकासका काम तुरुन्त सम्पन्न गर्न लगायतका मागहरु नगर प्रमुखसित राखिएका छन् ।

नगरपालिकाका सबै करार कर्मचारीलाई बर्खास्त गरिनु पर्ने, नगरभित्र अलपत्र परेका सबै सडकको यथाशीघ्र मर्मत–सम्भार, हाट बजारलाई पुनः सञ्चालन, फोहोर तथा ढल निकासको उचित व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र संविधान चोकलाई ‘जेन–जी चोक’ को रूपमा आधिकारिक घोषणा गर्नु पर्ने लगातयतका उनीहरुका माग छन् ।

जेन जी आन्दोलनपछि युवाले संविधान चोकलाई जेन जी चोक नामाकरण गरेका थिए । संविधान दिवसका दिन सबै राजनीतिक दलहरुले जेन जी चोक लेखिएको मेटाएर फेरि संविधान चोक बनाएका छन् ।

दलहरुले संविधान चोक बनाएपछि उनीहरु त्यसलाई फेरि जेन जी चोक बनाउनु पर्ने माग लिएर नगरपालिका पुगेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...