ghar sansar

जङ्गिँदै बैठकबाट बाहिरिए सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल

little buddha academy
khasi

भुवन भट्ट

महेन्द्रनगर ।  बिहीबार दिउँसो २ बजे भीमदत्तनगरपालिकाको सभाहलमा सुरु हुनै लागेको जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू सँगको बैठक अशान्तमा परिणत हुनपुग्यो । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सभाहलमा प्रवेश गरेपछि सभाहल अशान्त बन्नपुगेको हो । रावल २ बजेर १० मिनेट जाँदा सभा हलमा प्रवेश गरे । सभा हलमा प्रवेश गर्ना साथ उनि आवेगमा उत्रिए । आवेगमा उत्रँदै रावलले जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारीलाई कडा शब्दमा प्रहार गरे ।

,orning glory badhai
dirghayi clinic

रावले जाँचबुझ आयोगका नाममा घाउमाथि झन् नुनथप्ने कार्य गरेको भन्दै आयोगका सदस्य भण्डारीलाई कडा शब्दमा प्रहार गर्नुभयो ।उहाँले भन्नुभयो,–“हु आर यु, घर, राष्ट्रिय सम्पत्तीजनाउने, अपराधिहरुलाई कारबाहीनगर्ने ?”

पूर्व मुख्यमन्त्री रावल २ बजेर २२ मिनेट जाँदा सम्म सभाहलमै आयोगका सदस्य, प्रमुखजिल्लाअधिकारी र सुरक्षाकर्मी सँग जङ्गिँदै सुरक्षा प्रदान गर्न नसक्दा अहिलेको समाल्नै मुस्किल परिस्थिति आएको भन्दै जङ्गिनुभएको थियो ।

यस्तो बैठकको कुनै औचित्य नरहेको भन्दै रावल बैठकबाट बाहिरिएपछि केही बेर सभाहलमा सन्नाटा नै छायो । स्रोतकाअनुसार, जाँचबुझ आयोगका सदस्य भण्डारी रावलको घरमापुगेर परिचय नदिईकनै क्षतिको विवरण संकलन गरेपछि पूर्व जानकारी नदिईएको भन्दै रावल आवेगमा उत्रिएका हुन् ।
२ बजे बस्ने भनिएको बैठक ढिलो गरी साढे तिनबजेको बसेको थियो । तर बैठकमा उपस्थित भएकाहरू भने सबै घर फर्किसकेका थिए । बैठकमा बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिकाका नगरप्रमुख र कार्यालय प्रमुख, सुरक्षाकर्मी र केही कर्मचारीहरु उपस्थिति रह्यो ।

गतभदौ २२ र २३ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सचिवालयको पत्रानुसार, जेनजी आन्दोलनका क्रममा जिल्लामा भएको क्षतिको सम्बन्धमा बिहीबार दिउँसो बैठक डाँकिएको थियो । बैठकमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, जेनजी आन्दालेनमा क्षतिपुगेका नेता लगायतलाई पनि बोलाइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...