ghar sansar

सफल बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

little buddha academy
khasi

महेन्द्रनगर । सफल बचत तथा ऋण सहकारी संस्थाले शनिबार १६ औं वार्षिक साधारण सभा गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा साधारण गरिएको छ ।

साधारण सभामा नेपाल इटा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष शंकर बहादुर चन्द, निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द विशिष्ठ अतिथि थिए ।

,orning glory badhai

कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख बोहराले दुर्गा बोहराले कञ्चनपुर आर्थिक अवस्था विगत भन्दा कमजोर बन्दै गएको उल्लेख गरे । ‘कञ्चनपुरको अवस्था हिजोको जस्तो छैन, उद्योग बाणिज्य संघलाई मतलव छैन’ उनले भने,‘महेन्द्रनगर बजार पहिला जस्तो छैन, कैलालीको कटासे बजार अहिले जस्तो हालतमा छ, त्यस्तो हुन सक्छ ।’

समन्वय प्रमुम बोहराले सबैले कञ्चनपुरको विकासका लागि बोल्नु पर्ने उल्लेख गर्दै जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीका कारण समाज त्रसित बनेको बताए ।

‘तपाईका छोरीहरु ५ बजे घरबाट हिड्नु पर्ने अवस्था छ, कारागारबाट भागेका कौदी बन्दी बाहिर छन्, त्यस कारण समाजमा कति बेला के हुने भन्ने त्रास छ’ उनले भने ।

सहकारीका सदस्य सहित आम सर्वसाधारण सबैले आर्थिक बेथिति विरुद्ध बोल्नु पर्नेमा उनले जोड दिए ।

्कार्यक्रमका विशिष्ठ अतिथि चन्दले देशमा आर्थिक क्रान्ति बाहेक अन्य सबै क्रान्ति हुने गरेको उल्लेख गर्दै पैसा भएकाले सहकारी खोलेपछि र देशभर शाखा खोल्न पाउने नियमले सहकारीमा बदमासी हुन थालेको बताए ।

‘यो सहकारीको स्थापना गर्ने २९ जनामा म पनि छु, संस्थाको प्रगति भएकोमा खुसी छु, राम्रो प्रगति गरी समाजमा छाप छाडेको छ’ उनले भने,‘यो देशमा आर्थिक क्रान्ति हँुदैन, अरु सबै क्रान्ति हुन्छ, सहकारीको मूल उद्देश्य नै सहकार्य गर्ने, पैसा भएका मान्छेले सहकारी खोलेपछि बिकृति आयो, त्यसपछि शाखा खोल्ने कुरा आयो, त्यो बेकुफ बनाइने कुरा भो ।’
सर्वसाधारणको बचत ठगी गरी फरार भएको शिब शिखर सहकारीको उदाहरण दिँदै उनले शिव शिखरमा पैसा राख्न अहिले छोरा छोरीलाई विदेश पठाए जस्तो होडबाजी भएको बताए ।

‘त्यहाँ आफ्नो त राख्यो,अरुको पनि पैसा राख्यो, यो अहिले जसरी आफ्ना छोराछोरी लाई बिदेशी पठाउने जसरी प्रोत्साहित गर्ने चलन छ, छोराले ४÷५ महिनामा ऋण निकालेर मोबाईल पठाउछ, आमा टिकटक बनाउन पाए खुसी हुन्छिन्, त्यहाँ के कस्तो हालतमा छ भन्ने थाह हुँदैन’ उनले भने ।

भारतबाट मजदुरी गरी घर फर्किएका नेपालीले पहिलो काँधमा टेप रेडर्कर बजाएर आउँदै गरेको दृष्टले अरु पनि भारत जान प्रोत्साहन भएको उल्लेख गर्दै अहिले विदेश जाने होडबाजी त्यस्तै भएको बताए ।

dirghayi clinic

स्थानीयले सञ्चालन गरेका सहकारीमा कारोबार गर्न उनले सुझाव दिए । ‘आफ्नै सहकारीमा पैसा जम्मा गर्नु ऋण लिनु हो, समाजमा काम गरि रहेका मान्छेललाई सहयोग गर्न होलो’ उनले भने ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चन्दले सफल बचत सहकारीको पल्स रिपोर्टमा हरेक सूचक सकारात्मक देखिएकाले सहकारी सही लयमा अघि बढेको विश्लेषण गर्न सकिने बताए ।

बजार चलायमान नहुन र आर्थिक गतिविधि सुस्त भएकाले सहकारीमा तरलता थुप्रिदैृ गएको र ऋणका लागि आउने आवेदन संख्या घटेको चन्दले बताए ।

सहकारी सम्बन्धि नियम कानुन पालना गरी अघि बढ्न पर्ने आवश्यकता देखिएको चन्दको भनाई थियो ।

सहकारीका उपाध्यक्ष कमलेश कुमार कपाडीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्ण कुँबर क्षेत्रीले गरे । सहकारीका कोषाध्यक्ष नवराज जोशीले वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा असल बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको छ । असल बचतकर्तमा कृष्ण प्रसाद खरेल, विनोद कुमार केकी र असल ऋणीमा दिल बहादुर ऐर र प्रकाश खत्रीलाई सम्मान गरिएको छ ।

यसैगरी सहकारीका बजार सहायक धनेश्वरी नेगी शाहुलाई नगद सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बोहरा सहित विशिष्ठ अतिथिले सबैलाई टिका र खादा लगाएर सम्मान गरे ।

२९ जना शेयर सदस्यले २९ हजार शेयर पूँजी संकलन गरी सहकारी स्थापना गरेका थिए । अहिले एक हजार ६ सय बढी शेयर सदस्य पुगेका छन् ।

सहकारीका कोषाध्यक्ष जोशीले ऋणको ब्याजदर १४ प्रतिशत राखिएको बताए । उनले बचतकर्तालाई ४ देखि ११ प्रतिशतसम्म ब्यान दिइने बताए ।

सहकारीले शेयर सदस्यका परिवारलाई किरिया खर्च वापत ५ हजार दिने नीति यथावत राखेको छ । यसैगरी शेयर सदस्यका सन्तान जन्मिएका महिला सदस्यलाई ५ सय दिने नीति ल्याएको छ ।

साधारण सभामा सहकारीका पूर्व अध्यक्षहरु होम बहादुर कुँबर, माधव प्रसाद जोशी लगायत धनेश्वरी बोगटी लगायतका सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...