ghar sansar

निङ्गलाशैनी सहकारीको अर्ध बार्षिक समीक्षा सम्पन्न

khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले चालु आ.व.२०८२÷०८३ को अर्ध बार्षिक समीक्षा तथा उप समितिको भुमिका सम्बन्धि गोष्ठी गरिएको छ ।

सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक सुदूरपश्चिम प्रदेश प्रमुख हिरालाल सुनार प्रमुख अतिथि थिए ।

Anant bahu travels

सहकारी संस्थाका कर्मचारी, सञ्चालक समिति, विभिन्न दश उप समितिका सदस्य लगायत सहभागी भएका छन् ।
कार्यक्रममा अर्ध बार्षिक लक्ष्यको प्राप्ति, वर्तमान अवस्थामा सहकारीका अवसर र चुनौति तथा सञ्चालक समिति र उप समितिले खेल्नु पर्ने लगायतका महत्वपूर्ण बिषयमा सहकारी बैकका प्रदेश प्रमुख हिरालाल सुनारले प्रशिक्षण दिए ।

dirghayi clinic

संस्थाकी प्रबन्धक बविता चन्द बमले सञ्चालन गरेको कार्यक्रममा उप समिति शिक्षा समिति सदस्य हिरा भट्ट, सूचना सञ्चार उप समितिका सदस्य कैलाशचन्द, उपाध्यक्ष पवनचन्द लेखक तथा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टले सहकारीको गरिमा अभिवृद्धि हुने र सदस्य केन्द्रित व्यवसाय गर्नु पर्ने र सदस्याताको आवद्धतासंगै नियमित बचत वृद्धि गरि खराब ऋण न्यूनिकरणमा विशेष भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्र प्रमुख तुलसी कलौनी लेखक, निषाचन्द, सन्तोषी चन्द बम, लिला भट्ट जोशी, प्रबन्धक बविताचन्द बमले बार्षिक लक्ष्य तथा हासिल उपलब्धिमा कार्यक्रम प्रस्तुत गरे ।

सोमाथि टिप्पणी गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बार्षिक लक्ष्यलाई परिमार्जित गरी आगामी पाँच महिनामा लक्ष्य पूरा गर्न ठोस कार्य योजना निर्माण गर्नु पर्ने बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भाटले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था बचत तथा ऋणको मात्र कारोबार नगरी कृषि उत्पादन, सिताल चिनी प्रशोधन, कष्टम हायरिङ्ग सेन्टर, मल बिक्री कक्ष, स्कुलअफको अपरेटिभ सञ्चालन गरी रहेकोले तथा सदस्यको आर्थिक सामाजिक क्षेत्रमा क्रियाशिलताका लागि योग र आर्युवेदसंगै उद्यमशिलतालाई जोड दिने बताए ।

सरकारले हालै स्थापना गरेको राष्ट्रिय सहकारी नियमन प्रधिकरणमा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले बचत कारोकारको अनुमतिपत्र प्राप्त गरी सकेको हँुदा अब ऋण असुलिका लागि कर्जा सूचना केन्द्रको सदस्यता लिई ऋण असुली न्यायाधिकरण मार्फत खराब ऋणीबाट ऋण असुल गर्न सहज हुने विश्वास भएकोले सहकारीको आर्थिक प्रगतिमाथप टेवा पुग्ने संस्थाका उपाध्यक्ष पवनचन्द लेखकले बताए ।

Himal dental
सम्बन्धित
Loading...