ghar sansar

सहकारी अभियानले पु¥याएको योगदान र आगामी कार्यदिशा

khasi

गणेश बहादुर चन्द

नेपालको आर्थिक, सामाजिक र सामुदायिक रूपान्तरणमा सहकारी अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । “एक सदस्य–एक मत” को लोकतान्त्रिक अभ्यास र “साझा प्रयास–साझा लाभ” को सिद्धान्तमा आधारित सहकारी अभियान आज राष्ट्रिय अर्थतन्त्रको बलियो आधारका रूपमा स्थापित भइसकेको छ ।

Anant bahu travels

नेपालमा हाल ३२,९६५ सहकारी संस्था सञ्चालनमा रहेका छन् । करिब ३७.४० प्रतिशत जनसंख्या (१ करोड ९ लाखभन्दा बढी नागरिक) सहकारीमा आबद्ध छन् । सहकारी क्षेत्रमा १ खर्ब ४३ अर्बभन्दा बढी सेयर पूँजी, ११ खर्बभन्दा बढी बचत संकलन तथा ९ खर्बभन्दा बढी ऋण लगानी भएको छ । साथै ९० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ । यी तथ्याङ्कहरूले सहकारी क्षेत्र वित्तीय समावेशीकरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा कति प्रभावकारी छ भन्ने स्पष्ट पार्छन् ।

dirghayi clinic

सहकारी अभियानले पु¥याएको प्रमुख योगदान

१. वित्तीय समावेशीकरणः  ग्रामीण तथा बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म बचत तथा ऋण सेवा विस्तार गर्दै आर्थिक पहुँच सुनिश्चित गरेको छ ।
२. उत्पादन र उद्यमशीलता प्रवद्र्धनः कृषि, पशुपालन, साना उद्योग, व्यापार तथा सेवा क्षेत्रमा लगानी गरी हजारौं सदस्यलाई आत्मनिर्भर बनाएको छ ।
३. रोजगारी सिर्जनाः प्रत्यक्ष रूपमा ९० हजारभन्दा बढी रोजगारी सिर्जना गर्नुका साथै अप्रत्यक्ष रूपमा हजारौं उद्यम सञ्चालनमा सहयोग पु¥याएको छ ।
४. सामाजिक सशक्तिकरणः महिला, दलित, पिछडिएका तथा न्यून आय वर्गलाई संगठित गर्दै नेतृत्व विकास र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गरेको छ ।
५. स्थानीय अर्थतन्त्र सुदृढीकरणः स्थानीय उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग गर्दै गाउँमै आर्थिक चक्र चलायमान बनाएको छ ।

सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने मुख्य कार्यहरू

१. सुशासन र पारदर्शिता सुदृढीकरणः नियमित लेखापरीक्षण, पारदर्शी सूचना प्रवाह र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ ।
२. उत्पादनमुखी र दिगो लगानीः उपभोगमुखी ऋण घटाउँदै उत्पादन तथा आय आर्जनमुखी क्षेत्रमा लगानी बढाउनु पर्छ ।
३. प्रविधि र नवप्रवर्तनः डिजिटल सेवा र ःक्ष्क् प्रणाली विस्तार गरी सेवा सुरक्षित र विश्वसनीय बनाउनु पर्छ ।
४. क्षमता अभिवृद्धिः सञ्चालक, कर्मचारी र सदस्यहरूको निरन्तर तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नु पर्छ ।
५. प्रभावकारी नियमन र सहकार्यः नियामक निकाय तथा स्थानीय सरकारसँग समन्वय गर्दै स्वस्थ सहकारी वातावरण निर्माण गर्नु पर्छ ।
उपलब्ध तथ्याङ्कहरूले प्रमाणित गर्छन् कि सहकारी अभियान केवल आर्थिक संस्था मात्र नभई समावेशी विकासको सशक्त माध्यम हो । अबको आवश्यकता भनेको सुशासन, पारदर्शिता, उत्पादनमुखी लगानी र प्रविधिमैत्री व्यवस्थापनमार्फत सहकारी क्षेत्रलाई अझ विश्वसनीय, दिगो र राष्ट्रिय समृद्धिको मेरुदण्डका रूपमा स्थापित गर्नु हो ।

(लेखक उदयदेब बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।)

Himal dental
सम्बन्धित
Loading...