

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका लेखा अधिकृत यज्ञराज लेखकले राजिनामा दिएका छन् ।
लेखा अधिकृत लेखक २०७६ देखि दोधारा चादनी नगरपालिकामा कार्यरत थिए । उनी स्थानीय तह समायोजन अन्तर्गत दोधारा चाँदनी नगर पालिका आएका थिए ।
लेखकले असार १५ गते राजिनामा दिएका थिए । नगर कार्यपालिका बैठकले उनको राजीनामा स्वीकृत गरि सकेको छ ।
भीमदत्त ५ का लेखक २०४७ मा मुखिया पदबाट सरकारी सेवा प्रवेश गरेका हुन । २०५३ मा लेखापाल भएका उनी २०६९ मा बढुवा भएर लेखा अधिकृत भएका हुन् ।

लेखा अधिकृत भएपछि उनी दशरथ चन्द नगरपालिका पदस्थापन भएका थिए । दशरथ चन्द नगरपालिकाबाट उनी दोधारा चाँदनी आएका थिए ।
लेखा अधिकृत लेखकले जागिर लामो समय भइ सकेकाले राजिनामा दिएर बाहिरिएको बताए ।
‘जागिर खाको धेरै भो, हुन त अझै अवधि त बाँकी नै छ, व्यक्तिगत कारणले राजिनामा दिएर आए’ उनले भने ।
जागिर सेवा अवधि अघि नै लेखक जागिर छाडेर अवकाश लिएका छन् ।
दोधारा चादनीमा कार्यरत हुदा आफूले जन प्रतिनिधि र कर्मचारी सबै बाट आवश्यक सहयोग पाएको बताए ।
