ghar sansar

जगन्नाथ पाण्डेय : सरस्वतीका सारथी

khasi

रनि विवश
महेन्द्रनगर । भीमदत्त नगरपालिका २ महोलियास्थित सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगन्नाथ पाण्डेय ४ बर्षको हुदा डडेल्धुराबाट तराई झरेका थिए । प्रधानाध्यापक पाण्डेय डडेल्धुरा गाउपालिकाको अजयमेरु गाउ पालिकामा जन्मिएका हुन् ।

तराई झरेपछि उल्टाखाम वस्न थालेका उनी २०३१ मा विद्यालय भर्ना भए । सरस्वती पूजाका दिन स्वर्गिय बुवा गौरीदत्त पाण्डेयसित स्लेट बोकेर भर्ना हुन बिद्यालय पुगेका थिए ।

बिद्यालयको खरको छानो हावाले उडाएको थियो, स्लेट बोकेर बुवासित बिद्यालय पुगेको थिए बिगत यो सम्झदै पाण्डेय भन्छन्, ‘सरस्वती पुजाका दिन स्लेट पार्टीमा अक्षराम्भ भयो, अब यही मन्दिरबाट अवकाश लिएर बिदा हुन्छु ।’

सरस्वती माबिबाट ३ कक्षा उत्तीर्ण गरेपछि पाण्डेय बैजनाथ माबि भर्ना भए । सरस्वतीमा कक्षा ३ सम्म मात्रै पढाई हुन्थ्यो । बैजनाथबाट एसएलसी गरी पाण्डेयले अमृत साइन्स क्याम्पसबाट बीएसस्सी गरेका हुन । पाण्डेय शिक्षक बन्न चाहन्थे ।

बीएस्स्सी गरेपछि पाण्डेय आफूले अक्षराम्भ गरेको विद्यालयमा शिक्षण गर्ने मौका पाए । उनले त्यो मौका गुमाउन चाहेन । २०५९ उनी निजी स्रोत शिक्षकका रुपमा विद्यालय पढाउन थाले ।

बिद्यालयमा भारत आग्राका मुकेश पाल यादव बिज्ञान शिक्षक थिए । यादव बिदामा हुँदा पठनपाठ्न बन्द हुन्थ्यो । अभिवावाक अर्को शिक्षक राख्न चाहन्थे । शिक्षक पाउन मुस्किल हुन्थ्यो । गाउँमै बीएसस्सी गरेका पाण्डेयमा नजर परि हाल्यो ।

उनी विद्यालयका माबि बिज्ञान शिक्षक बने । दुई हजार नौ सय रुपैया तलब थियो । हाल सम्म पाण्डेय बिज्ञानका शिक्षक छ्न । फरक यति पाण्डेय स्थायी हुन् र विद्यालय नेतृत्व उनको हातमा छन् ।

प्रधानाध्यापक पाण्डेयले २०५३ सम्म तीन बर्ष निजी स्रोत शिक्षक भएर पढाए । त्यसपछि अस्थायी शिक्षक बने । १० बर्ष अस्थायी भएपछि २०६३ मा शिक्षक सेवा आयोग परिक्षा पास गरी स्थायी भएका हुन् ।

बिद्यालयको अस्थायी दरबन्दीमा आयोगले उनी आफै सिफारिस भए । जसमा उनी १० बर्षदेखि कार्यरत थिए । प्रधानाध्यापक पाण्डेय बिद्यालय स्थापनपछिको दोस्रो ब्याचका विद्यार्थी हुन । बिद्यालय २०३० मा स्थापना गरिएको हो ।

त्यस अघि पनि उल्टाखामका समाज सेवी स्वर्गिय गणेश शम्शेर जबराले रुखको फेदमा बिद्यालय संचालन गरेको बताईन्छ ।

पूर्व जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्ट र औषधि व्यवसायी बिरेन्द्र प्रसाद तिवारी बिद्यालयका पहिलो ब्याचका विद्यार्थी हुन् ।

प्रधानाध्यापक पाण्डेय दोस्रो ब्याचका हुन । २०४६ एसएलसी पहिलो ब्याच पास आउट भएको यो विद्यालय २०३७ सम्म ५ कक्षा सम्म निजी स्रोतमा सञ्चालन गरिएको थियो ।

प्रधानाध्यापक पाण्डेय शिक्षण पेशाको उत्तराद्र्व तिर पुगेका छ्न । उनी एक वर्ष पछि अवकाश हुने भएका छ्न । अक्षराम्भदेखि शिक्षणसम्म एकै बिद्यालयम गरी अवकाश पाउने शिक्षक हुने छन् ।

प्रधानाध्यापक पाण्डेय बिद्यालय सबै परिवर्तनका साक्षी हुन् । स्लेटमा अक्षराम्भ गरी घरबाट बोरा ल्याएर कच्ची कोठामा पढेको सम्झना पाण्डेयलाई अझै छ ।

उल्टाखामका स्थानीय स्वर्गिय तुलसी देबी रावलको परिवारले सुरुमा विद्यालयका दुई कोठा पक्की बनाई दिएकी थिइन । रावल परिवार डडेल्धुराको प्रतिष्ठ्त व्यवसायी हुन् ।

अहिले बिद्यलयमा २१ पक्की कोठा छ्न । पूराना आधा दर्जन पककी कोठा जिर्ण छन् । बिद्यालय ती कोठा भत्काएर नया बनाउन चाहन्छ । बजेट नभएर कोठा भत्काउन सकिएको छैन ।

भौतिक पूर्वाधार निर्माणसङगै शैक्षिक गुणस्तर र शिक्षण बिधि, शिक्षणका माध्यम सबै फेरिएका छ्न । तीन बर्षदेखि अङ्ग्रेजी माध्यममा पढाउन थालिएको छ ।

dirghayi clinic

कक्षा एक तीन सम्म पहिलो बर्ष अङ्ग्रेजी माध्यम सुरु गरी २०८२ मा ५ सम्म पुगाइएको थियो । यस शैक्षिक सत्रदेखि १० कक्षा सम्म अङ्ग्रेजी माध्यम सुरु गरिएको हो ।

नर्सरी देखि ५ सम्म पूरै अङ्ग्रेजी तथा ६ देखि १० सम्म अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुन्छ । दुबै माध्यमका कक्षा एकै साथ सञ्चालन हुने गरेका छन् ।

अभिवावकले अङ्ग्रेजी माध्यम बनाउन निवेदन दिएर दवाव दिएका थिए । अभिभावकको माग र चाहन अनुसार अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरिएको प्रधानाध्यापक पाण्डेयले बताए ।

विद्यार्थी संख्या घट्दो र छिमेकी बिद्यालयमा अङ्ग्रेजी माध्यम भएकाले विद्यालय आफै पनि दवाबमा परेको थियो । केही अभिवावकले अङ्ग्रेजी माध्यम भएर साधारण स्कुल सुधार भएको सुनाउने गरेको प्रधानाध्यापक पाण्डेय सम्झन्छन् ।

अङ्ग्रेजी माध्यम भएपछि फड्को मार्ने बिश्वास र सरकारीमा राम्रो पढाई हुदैन भन्ने सोच अभिभावकमा भएको प्रधानाध्यापक पाण्डेयले सुनाए ।

प्रधानाध्यापक पाण्डेय आफैले भने बैजनाथ माबिमा कक्षा ४ भर्ना भए पछि मात्रै अङ्ग्रेजी पढ्न पाएका हुन । त्यस अघि अङ्ग्रेजी पढ्ने कुरो सोच्न सम्म नसकिएको पाण्डेयले सम्झिए ।

‘अभिभावकको इच्छा, विद्यार्थी संख्या, परिवेश अनुसार र अन्य बिद्यालयलाई देखेर पनि अङ्ग्रेजी माध्यम सञ्चालन गर्न अनिवार्य भयो’ प्रधानाध्यापक पाण्डेयले भने ।

अङ्ग्रेजी माध्यम सञ्चालन गरी महेन्द्रनगर माबि साधारण स्कुल सुधार भएको उदाहरण सुनाउने गरिएकाले साधरणलाई लिडिङ्ग स्कुल मानेर अङ्ग्रेजी माध्यम सञ्चालन गरिएको छ ।

२०६५ देखि अङ्ग्रेजी माध्यम सञ्चालन गरेको साधारण स्कुलमा नर्सरी देखि १२ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ ।

अङ्ग्रेजी माध्यमले विद्यार्थी सङ्ख्या बढ्ने र शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा बिद्यालयलाई छ ।

विद्यालयमा २०५१ मा अङ्ग्रेजी माध्यममा पढाउन सुरु गरिएको थियो । त्यति बेला सफल हुन नसक्ने अवस्था आएपछि रोकिएको थियो । ‘अङ्ग्रेजी माध्यम सुरु भए पछि बच्चाको हिँडाई, बोलाई,पहिरन, होम वर्क सबैमा परिवर्तन आएको छ’ प्रधानाध्यपक पाण्डेयले भने ।

सशस्त्र द्वन्द्वले विद्यार्थी सङ्ख्या ह्वात्तै घटे । २०६३ सम्म विद्यार्थी संख्या घट्ने क्रममै रहयो । त्यसपछि पनि बढ्न सकेन । २०७० सम्म विद्यालय सुधार हुन सकेन । त्यसपछि भने केही सुधार हुन पुग्यो ।

२०७१ मा पाण्डेय प्रधानाध्यापक भएर नेतृत्व गरे । अहिले विद्यार्थी सङ्ख्या सुधार हुने अवस्थामा पुगेको छ । सशस्त्र द्वन्द्वमा असुरक्षाका कारण अभिभावक सहर बिस्थापित भए । बिद्यालय पनि असुरक्षाको चपेटामा परयो । द्वन्द्व प्रभावित बस्तीका विद्यार्थीले आउन छाडे ।

भीमदत्त नगरपालिकाको बागफाटा, उल्टाखाम किनार, बेदकोट सुदरपुर लगायत बस्तीबाट विद्यार्थी आउन सकेन । अर्को विद्यार्थी घट्ने कारण छिमेकीमा विद्यालय खुल्न थियो ।

अहिले अङ्ग्रेजी माध्यम संचालन गरी विद्यार्थी संख्या बढाउने प्रयास गरिएको छ । प्रधानाध्यापक पाण्डेयले आफ्नो कार्यकाल सुधार गरी अवकाश लिने चाहना राखेका छन् ।

बिद्यालयसित विद्यार्थी बोक्न गाडी छ । माध्यमिक तहमा शिक्षक दरबन्दी कम छ । माद्यामिक तहमा बिषयगत ५ दरबन्दी हुनु पर्ने व्यवस्था छ । दरभन्दी भन्दा कम तीन शिक्षक मात्रै छ्न । आधारभूत तहमा दरबन्दी पूर्ति छन् ।

शिक्षक दरबन्दी पूर्ति हुन सके गुणस्तरीय पठनपाठन गर्न नसकिने प्रधानाध्यापक पाण्डेयले बताए । प्रधानाध्यापक पाण्डेय सरल र थोरै बोल्ने शिक्षक हुन् ।

‘अब यहीं सरस्वती मन्दिरमा स्लेट पार्टीमा अक्षराम्भ गरेको थिए, जति गर्न सके यसमा सबैको साथ सहयोग छ’ उनले भने, ‘एक बर्षपछि यही मन्दिरबाट अवकाश हुन्छु ।’

Himal dental
सम्बन्धित
Loading...