

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिक ५ खजुवा गर्जमुनीस्थित सडक किनारमै छ रेखा लुहारको कच्ची घर । काठले बनेको माटोको गारो लगाईएको एक कोठाको घर टायलले छाएको छ ।
रेखा घर बाहिर थिइन । उनकी सासु परुली लुहार घर नजिक सडकमा भेटिइन । उनी छिमेकीहरुसित कुरा गर्दै थिईन् । घरभित्र ढोकानेर ख्याउटे शरिर, पूरै नाङ्गै शरिर भएका बालक भुईमा पल्टिएको थिए ।
ढोका बाहिर परादमा पानी भरिएको थियो । घरको छ्तबाट खसेको पानी परादमा खसेर भरिएको थियो । ‘योलाई नुहाई दिउँला भनेर पानी भरेको हो, परुली लुहारले भनिन् ।
उनी हुन् आयुश लुहार । १६ बर्षका आयुश जन्मेपछि अहिलेसम्म उठ्न सकेका छैनन् ।
आमा आमा बाहेक अरु केही बोल्न सक्दैन्न । भोक प्यास लागे मात्रै आमा भन्ने गरेको उनले बताईन् ।
‘आमा आमा मात्रै भन्छ,पानी तिस लागे कि भोक लाग्यो कि यो जन्मेपछि यस्तो हो, उठ्ठ सक्कु कि बस्स सक्को, हगेको थाह पाउँदैन, हणमा कपडा लाई दिए राख्दैन, यैको हुँ मुत पुछ्छु, यसकी मातरी कब पो ब आउने हो’ परुलीले भनिन् ।
उनकी बुहारी रेखा कान्छा छोरा रमितलाई उपचारका लागि भारत लगेकी थिइन् । ९ बर्षका रमितको घाटीमा पिप बगेर समस्या छ। घाँटीमा गाठा देखिएर शल्यक्रिया गरेपछि उनको घाटी पिप बग्ने समस्या देखिएको हो ।
राष्ट्रिय अपाङ्ग महासङ्ग सुदूरपश्चिम प्रदेश समितिका पूर्व अध्यक्ष उपेन्द्र बहादुर खडायत जन्मजात हिड्न नसक्ने र नबोल्ने समस्या बौद्धिक अपाङ्गता भएको बताउँछन् ।
जन्मेपछि समस्या देखिए पछि घर परिवारले ९ बर्ष अघिसम्म उपचारका लागि नेपाल भारतका बिभिन्न अस्पताल पुगाए । भारत मजदुरी गरी जितले उनलाई उपचारका लागि मद्रास, बरेली, दिल्ली, कोहलपुर पुगाएका थिए । उनी सुधार हुन सकेन ।

९ बर्ष अघि जितको मृत्यु भएपछि उनको उपचार रोकियो । कमजोर आर्थि अवस्थाले उपचार गर्न सकिने अवस्था नभएको परुली लुहार बताउँछिन् ।
अहिले लुहार परिवारमथि दुबै दाई भाईको उपचार गर्न पर्ने जिम्मेवारी छ । गाउ घरमा मजदुरी र एकल महिलाको भत्ता रकमले रेखा कान्छा रमितको उपचार गरि रहेकी छ्न ।
उपचार गर्ने बिति हाल्यो, यस (जेठो) को त उसैले गरेको थियो, त्यो बितेपछि यसको हुन सकेको छैन, को लैजाने हो, कसरी लैजान हो, यसैमा त्यो कान्छो पनि यस्तो भो परुली लुहारले भनिन, जग्गा छैन, यो छाप्रो मात्रै हो, मजदुरी गरी भत्ताले कान्छाको खर्च गरेका छौ ।
आफन्त र माइती पनि कमजोर अवस्थाका भएकाले रेखालाई उपचार खर्चका लागि निकै समस्या भएको उनका आफ्न्त हङशा बिकले बताईन ।
एउटा छोरो जेठोको हालत त्यस्तो छ, कान्छोको त्यस्तो समस्या छ, गरीब अवस्था छ उनले भनिन, कहि कतैबाट सहयोग नपाएसम्म उपचार गर्न सक्ने अवस्था नै छैन ।
रेखाले अहिलेसम्म उपचारका लागि कही कतैबाट सहयोग पाउन सकेकी छैन । सहयोगी पाएमा दुबै नाति राम्रो हुने आश परुली लुहारलाई छ ।
‘सहयोग पाए हुन्थ्यो, मेरा दुइटै नाति राम्रा हुन्थे, कोइ भगवानले देख्ला कि हजुर’ उनले भनिन् ।
छोराको मृत्युु र दुबै नातिको अवस्थाले परुली शारीरिक र मानसिक रुपमा विक्षिप्त हुन पुगेकी छ्न । उनी कहिलेकाही भगवानसित रिसाउँछिन् । ‘कि लेखेर आइछु, लेखेर आएछु लेखेकौ हुन्छ, भगवान सित रिस त आउँछ,’ उनले भनिन, ‘उमेर शोक र रोगले यसी भै, बुडो भत्ता लागि रहेछ, यसैले भाको छ’ उनले भनिन् ।
बैतडीको न्वादेबाट दुई छोरा र छोरी ल्याएर परुलीले खजुवामा हुर्काइन् । आफन्तबाट एक कट्टा जग्गा किनेर घर बनाइन । श्रीमान काशीले सधैंका लागि साथ छाडेपछि उनी सन्तान पाल्न तराई झरेकी थिइन् ।
‘खोजेर खान त होला भनेर आएको हुँ, मुइले पाले, यहाँ आएर यसी ढप भै’ उनले आफ्नो वेदना सुनाइन, ‘छोरा बुहारी नाति सबै दुख हेर्न परो ।’
उनी सरकारसित आफ्ना तीन माग राख्छिन् । ‘घर बनाई दिए, पानीको नल हालि दिए, नातिको उपचाए गरि दिए हुन्थ्यो’ उनले भनिन् ।
