

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ की नेहा भण्डारी शुक्रबार बेचलत इन हेल्थ केयर मेनेजमेन्ट (बीएचसीएम) भर्नाका लागि शुक्रबार अमिटी कलेज पुगेकी थिइन् ।
बुवा उपेन्द्रका साथ कलेज पुगेकी उनले प्रीन्सिपल रबिन्द्र अवस्थीसित बीएचसीएमबारे जानकारी लिइन् । उनका बुवाले पनि बीएचसीएम पढेर हुने फाइदा , बजार माग र बिषयको महत्वबारे जिज्ञासा राखे ।
‘छोरी बीएचसीएम पढ्न चाहन्छिन् भने अरु बिषय पढाउने कुरै नसोच्नु होला, यो बिषय एकदमै राम्रो छ, फ्यूचर निकै राम्रो छ’ उनका बुवा उपेन्द्रले प्रिन्सिपल अवस्थीसित भने ।
प्रिन्सिपल अवस्थीले भने– ‘बीएचसीएम पढ्न चाहन्छिन् भने अरु बिषय पढाउने सोच नै नबनाउनु हो । यो एकदमै राम्रो विषय हो ।’
सार्क एजुकेसन फाउन्डेसनबाट २ दशमलव ७७ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण नेहा स्वास्थ्य क्षेत्रमा करियर बनाउने सोच बनाएर बीएचसीएम पढ्न लागेको बताउँछिन् ।
अमिटी कलेजमा बीएचसीएम र बीबीए पढाई हुन्छ । अमिटी बीएचसीएम पढाई हुने देशभरिका ५ कलेजमध्ये काठमाण्डौ उपत्यका बाहिरको एउटै कलेज हो । अन्य चार कलेज काठमाण्डौ उपत्यकामा छन् ।
अहिले शैक्षिक सत्र २०८३ का लागि भर्ना जारी छ । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित कलेजले भदौ १० गतेसम्म विद्यार्थी भर्ना गर्नेछ ।
्‘२०८३ को नयाँ भर्नाको अन्तिम मिति भदौ १० गते हो, अहिले धमाधम भर्ना भइ रहेको छ, महेन्द्रनगरका बिभिन्न कलेजका उत्कृष्ट विद्यार्थी कलेजमा भर्ना भएका छन्’ प्रिन्सिपल अवस्थीले भने ।
लिटिल बुद्ध एकेडेमीकी उत्कृष्ट पूर्णिमा भट्टले बीबीए भर्ना गरी सकेकी छन् । ३ दशमलव ८२ जीपीए ल्याएर उनी १२ कक्षा उत्तीर्ण भएकी थिइन् ।
पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजबाट हालसम्म बीबीएका १४ र बीएचसीएमका ६ ब्याच पास आउट भएका छन् । चालु शैक्षिक सत्र बीबीएको १८ औ र बीएचसीएम १० औ ब्याच हो ।
बीबीएमा विश्वविद्यालय १० र कलेजको ८६ गरी ९६ विद्यार्थीले भर्ना हुन पाउने छन् । बीएचसीएममा भने कलेजका ४३ र विश्वविद्यालय कोटाका ५ विद्यार्थीले भर्ना भएर अध्ययन गर्न सक्ने छन् ।
दुबै संकायमा विश्वविद्यालय कोटाका विद्यार्थीले पूर्ण छात्रवृतिमा अध्ययन गर्न पाउने छन् । उनीहरु विश्वविद्यालयबाट आउन गरेका छन् । त्यस बाहेक अन्य विद्यार्थीलाई कलेजले छात्रवृत्ति दिने गरेको छ ।

कजेलले अभिभावक बिहिन, बेरोजगार परिवार, जनजाति र पढाईमा अब्बल विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने गरेको प्रिन्सिपल अवस्थीले बताए ।
उनका अनुसार प्रवेश परीक्षामा पहिलो, दोस्रो तेस्रो हुने विद्यार्थीलाई क्रमशः शत प्रतिशत, ७५ प्रतिशत र ५० प्रतिशत छात्रबृति दिने गरिएको छ ।
गत बर्षदेखि कलेजका छात्रालाई यु गो नेपालले छात्रवृत्ति दिन थालेको छ । गत बर्ष ११ जनालाई छात्रवृत्ति दिएको थियो । यस बर्ष १५ जनालाई दिइने भएको् छ ।
आर्थिक रुपमा गरीब, पिछिडिएका, पढाईमा अब्बल, पढाईलाई निरन्तरता दिन सक्ने र स्वदेशमा केही गर्न सक्ने प्रतिवद्वता गर्ने विद्यार्थी छात्रवृत्तिका लागि छनौट हुने गर्छन् ।
छात्रवृत्ति कार्यक्रम देशभर ९ जिल्लामा संचालनमा छ । अमिटीमा गत बर्षदेखि विद्यार्थीलाई छात्रवृत्ति दिन थालिएको हो ।
कलेजका प्रिन्सिपल अवस्थी बीबीए पढेका विद्यार्थी कुनै क्षेत्र व्यवस्थापन गर्न अब्बल मानिने बताए । ‘बीबीए पढेपछि सबैभन्दा पहिलो आधुनिक तरिकाले व्यवसय गर्न सक्छ, व्यवसायिक दक्षता हासिल हुन्छ’ उनले भने, ‘कुनै पनि सेक्टरलाई पनि व्यवस्थापन गर्न अब्बल मानिन्छ ।’
बीएचसीएम पढेपछि स्वास्थ सङ्ग सम्बन्धित सेवा व्यवस्थापन गर्न सकिने उनी बताउँछन् । ‘दुबै बिषयको बजार माग छ, बजार फराकिलो छ’ उनले भने ।
कलेजबाट पास आउट सबै एक हजार ५० जना रोजगारमा भएको उनी बताउँछन् ।
कलेजले हालसम्म उत्कृष्ठ नतिजा ल्याएको छ । केही बर्ष अघि सरिता जोशी बिश्वबिद्यालय टप भएकी थिइन । ‘नतिजा सधैं उत्कृष्ट छ, हाल सम्म बिभिन्न सेमेस्टरको नतिजामा एक सय ५० जनाले फूल ग्रेड अङ्क ल्याएको छ’ उनले भने ।
पठनपाठन बाहेक अतिरिक्त क्रीयाकलाप कलेजका प्राथमिकतामा छन् । गत जेठमा धनगढीमा गरिएको प्रदेश स्तरीय बिजनेश कम्पिटिसनमा प्रथम स्थान हासिल गरेको थियो ।
सुदूरपश्चिमका १० कलेजले प्रतियोगितामा भाग लिएका थिए । जुनसुकै संकायबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीले बीबीए र बीएचसीएम पढ्न पाउँछन् ।
सुदूरपश्चिममा व्यवसायिक शिक्षा अध्ययनका कलेज नभएपछि २०६६ मा सिद्धनाथ बिज्ञान क्याम्पसका पूर्व क्याम्पस प्रमुख स्वर्गीय धरणीधर जोशी लगायत १३ जनाले कलेज खोलेका हुन् ।
भीमदत्त ६ शिब मन्दिर नजिक भाडाको घरबाट कलेज संचालन गरिएको थियो । अहिले आफ्नै भवनमा छ । कलेजसित १० कट्टा सात धुर जग्गा छ । ‘अहिले सबै आफ्नो छ, भवन छ, आवश्यक कुरा छन्’ उनले भने ।
