

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारस्थित गल्ली नम्बर १ मनोज मेट्रियल टैलरिङ्गका सञ्चालक निरज गुप्ताले मन गत बर्ष केही दिन खल्लो र खुशी दुबै एकै साथ महसुस गरे ।
क१चनपुर उद्योग बाणिज्य संघको १८ औ कार्य समिति निर्वाचनमा ५० बर्षिय गुप्ता पहिलो पटक कार्य समिति सदस्यका उम्मेदवार भएका थिए ।
गुप्ता २०६३ मा संघको सदस्य भएका थिए । उनी सदस्यता लिएको २० बर्षपछि चुनाव लड्न लागेका थिए ।
उम्मेदवारी दर्ता गरेपछि गुप्तालाई केहीले भारतीय भनेर टिप्पणी गर्दा मन अमिलो बनायो । आफूलाई यस्तो भनिन्छ भनेर उनले सोच समेत सकेका थिएनन् ।
भारतीय भनेर प्रचार गरिएपछि चुनाव हारिने डर पनि लाग्यो उनलाई । उनी भने चुनाव जित्नेमा ढुक्क भएर मैदानमा आएका थिए । संघका अगुवा व्यवसायी उनलाई साथ दिएका थिए ।
संघको १८ औ कार्य समिति निर्वाचनमा सदस्यको मात्रै निर्वाचन भएको थियो । अध्यक्ष सहित पदाधिकारी निर्विरोध भएका थिए । निर्वाचनमा गुप्ता धेरै मतदाताको मत पाएर निर्वाचित भएका थिए ।
चुनावी नतिजा आएपछि उनी उत्साहित भए । चुनाव प्रचारमा गरिएका वाचा पूरा गर्न पर्ने जिम्मेवारी थपिए ।
गुप्ता व्यससायीबाट व्यवसायीका नेता बनेका थिए । थोरै बोल्ने स्वभावका गुप्ता प्रचारमा आफूलाई भारतीय भनेर हेला गर्न खोजिएको भन्दै दुःख व्यक्त गर्छन् ।
‘दुः ख त लाग्यो, म यही जन्मे यही हुर्के, बाजे बराजुको पालादेखि यही छौ’ उनले भने, ‘अचानक त्यस्तो सुन्दा त नराम्रो लागि हाल्छ, तर मलाई सिनियर सबै, सबैको आशीर्वाद पाए ।’
आफूलाई जसले जे भने पनि फरक नपर्ने गुप्ता बताउँछन् । ‘मैले कसैलाई केही भन्न छैन,केही फरक पर्दैन’ उनले भने,‘गाली गरे फरक छैन ।’
भारत पिलिभित्का गुप्ता परिवार बाजेको पालामा नेपाल आएको हो । उनका बाजे मख्खनलाल गुप्ता ब्रह्मदेब मण्डी आएर व्यापार सुरु गरेका थिए । ब्रहमदेबपछि गुप्ता परिवार महेन्द्रनगर बसाई सरेको थियो ।
निरज गुप्ताका बुवा ओम प्रकाशले पछि महेन्द्रनगर आएर खुद्रा किराना व्ययसाय गरेका थिए । ब्रह्मदेब बजारमा आगो लागेपछि गुप्ता परिवारले महेन्द्रनगर आएर व्यापारलाई निरन्तरता दिएको थियो ।

बाणिज्य संघ सदस्य गुप्ताको २०३४ मा जन्म भयो । बैजनाथ माध्यमिक बिद्यालयमा अक्षराम्भ गरी ६ कक्षासम्म पढे । त्यस बेला बैजनाथ राम्रो बिद्यालय भएको उनी बताउँछन् ।
६ कक्षा पास भएपछि उनले भारत खटिमा गएर पढाई गरे । त्यहींबाट उनले खटिमामा बीएस्सी गरे ।
बीएस्सी गरी इन्जिनियर बन्न चाहन्थे गुप्ता । सानैदेखि इन्जिनियर बन्ने धोको भएकाले उनले बीएस्सी पढेका थिए । पढाई सकिएपछि उनी आफ्नो धोको पूरा गर्न नसक्ने अवस्थामा पुगे ।
आमालाई क्यान्सर देखियो । बुवा पनि बिरामी भएपछि गुप्ताले पारिवारिक जिम्मेवारी लिन पर्ने अवस्थामा आयो । आमा बुवाको उपचार खर्चले आर्थिक अवस्था पनि कमजोर हुन पुग्यो ।
‘आमा क्यान्सर लाग्यो, बुवा बिरामी हुनु भो, त्यो यो पछि पढ्न पैसा थिएन, त्यसपछि इन्जिनियर बन्ने धोको छाड्न पर्ने भयो’ उनले भने ।
इन्जिनियर बन्ने धोको पूरा नहुने भएपछि उनी पुख्र्यौली व्यवसाय अगाल्ने सोच बनाए ।
२६ बर्ष अघि सन २००० मा उनले व्यवसायमा हात हाले । पछि किराना काकाहरुले भाग लिएपछि उनले २०५६ मा टेलरिङ्ग र ट्रेभलिङ्ग सुरुवात गरे ।
यो व्यवसाय कोरोना महामारी सुरु भएपछि लक डाउन सम्म राम्रो चल्यो । लकडाउनपछि गुप्ताले टेलरिङ्ग मात्रै राखेर ट्रेभेल छाडे । अहिलेसम्म उनी टेलरिङ्गमा छ्न । टेलरिङ्ग सङ्ग सम्बन्धित सबै सामाग्री गुप्ताको पसलमा पाइन्छ्न । उनलाई उनका भाइ मनोजले व्यवसायमा साथ दिएका छन् ।
गुप्ताका दुई छोरा छ्न छ्न । उनीहरु दुबैले बीबीएस गरेका छन् । गुप्ता व्यापार व्यवसायसङ्गै समाजसेवामा पनि सक्रिय छ्न । महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरमा बर्षेनी लगाइने भण्डारामा उनी सधै सक्रिय देखिन्छ्न् ।
पूर्णागिरी मेलाका दर्शनार्थीहरुका लागि व्यवसायी गजाधर भट्ट, गुप्ता सहितका व्यवसायीले १६ बर्षदेखि व्यक्तिगत खर्चमा भण्डारा लगाउदै आएका छन् ।
भण्डारामा १७ लाखसम्म खर्च हुने गुप्ता बताउँछन्ु । ‘पूर्णा गिरी मेलामा बर्षेनी भण्डारा लगाउछौ’ उनले भने, ‘यसले सन्तुष्टि मिल्छ, दुखीको सेवा गर्न पाउँदा मन खुसी हुन्छ ।’
संघ सदस्य भएपछि उनी सबै व्यवसायीका पीर मार्का हेर्ने र समस्या हल गर्न सधै पहल गरेको बताउँछन् ।
‘बजारमा सार्वजनिक शौचालय छैन, त्यसको लागि कुरा उठाउँछु’ उनले भने, ‘व्यवसायीलाई समस्या पार्ने छ्न भने ती सबैलाई हल गर्न दत्तचित्त भएर लाग्छु ।’
