ghar sansar

गड्डाचौकी भन्सारको कबाड लिलाम अहिलेसम्मकै रेकर्ड कायम

khasi

महेन्द्रनगर । गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालय गत बर्ष १ सय ८७ थान सवारी कवाड (स्क्रेप) मा लिलाम गरिए ।

ती सबै सवारीको प्रति सवारी न्यूनतम मूल्य २ हजार ५ सयका दरले चार लाख ६७ हजार ५ सय लिलाल मूल्य कायम गरिएको थियो । कवाडका लागि ४४ जनाले फाराम लगेकोमा २० जनाले गोप्य शिलबन्दी पेश गरेक थिए ।

भन्सारले निवेदनबाट मात्रै ४४ हजार आम्दानी गर्यो । निवेदनको एक हजार शुल्क राखिएको थियो ।

कवाड समान बढाबढमा ३० लाखमा लिलाम भयो । यो भन्सारले तोकेको न्यूनतम मूल्य भन्दा सात गुना बढी रकम हो ।
भन्सारमा यति ठूलो रकममा कवाड लिलाम भएको रेकर्ड छैन ।

भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत चक्रदेब भट्टले कवाड समाम लिलाममा प्रतिस्पर्धा भएए यति ठूलो मूल्यमा लिलाम भएको पहिलो पटक भएको बताए ।

‘यस अघि यति मूल्यमा कहिल्यै लिलाम भएको थिएन, यो पहिलो पटक हो’ उनले भने ।

dirghayi clinic

कवाडका लागि १० जनाले तीन तीन लाख शिलबन्दी रकम पेश गरेका थिए ।

धनगढीका व्यवसायीले कवाड लिलाम सकार गरेका हुन । कैलाली र कंचनपुरका बिभिन्न फर्म कवाड लिलाम प्रक्रियामा सहभागी भएका थिए ।

कवाड लिलाम सकारेर लैजाने बेलामा भने एक समूह भन्सार कार्यलयमा आएर बिबाद गर्न खोजेको थियो ।

कवाड समान टुक्रा टुक्रा बनाएर लैजान त्यो समूहले लिलाम सकारकर्तालाई अनावश्यक दबाब दिन थाल्यो ।

टुक्रा बनाउन लामो समय दबाब दिएपछि भन्सार कवाड धनी भन्सार कार्यालय पुगे । भन्सारले सुरक्षा दिने भनेपछि कवाड उठाउन थालियो ।

‘प्रहरी भन्सार कार्यालयमा आयो, त्यसपछि त्यो समूह तितरबितर भएर निस्क्यो’ भन्सार कर्मचारीले भने ।

भन्सारले कवाड बाहेक २० थान मोटरसाइकल पनि लिलाम बिक्री गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...