ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्रीले बुधबार लिँदै छन् विश्वासको मत

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि अर्थात् बुधबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् ।

सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने निर्णय भएको हो । यस विषयमा आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ । बैठकबाट विश्वासको मत लिने विषयमा आवश्यक निर्णय गरिने मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदले बताए ।

dirghayi clinic

शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल सत्ता गठबन्धन दल नेकपा एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भइसकेका छन् ।

सरकारलाई पूर्णता दिने क्रममा अब नेकपाबाट थप ३ मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासको मतपछि मन्त्रालयको जिम्मेवारी बाँडफाँट र बाँकी मन्त्री तथा राज्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइने छ ।

विश्वासको मत र सरकार विस्तारका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो । त्यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मतका विषयमा छलफल भएको थियो । 

प्रदेश करिब एक महिनादेखि आंशिक बजेट शून्यतामा रहेकाले सरकार विस्तारपछि बजेट ल्याउने प्रक्रिया पनि छिटो अघि बढ्ने अपेक्षा गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...