

महेन्द्रनगर । यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सहायक कम्प्युटर अपरेटर बिमल कुबरमाथि गालीगलौच र हातपात भएको छ । बुधबार कार्यालयमा सेवा प्रवाहका क्रममा उनीमाथि दुव्र्यवहार भएको छ ।
कुवरलाई कार्यकक्षमा अचानक प्रवेश गरेका सेवाग्राहीले गाली गलौच र हातपात गरेका थिए । उनीमाथि हातपात भएपछि कार्यालयमा तनाव भएको थियो ।

यातायात व्यवस्था कार्यालयका कर्मचारीले कुवरमाथि दुव्र्यवहारको निन्दा गर्दै संलग्नलाई कानुनी कारवाही गर्न माग गरेका छन् ।
कर्मचारीले सामूहिक रुपमा बिज्ञप्ति निकाल्दै कार्यालयमा कर्मचारीमाथिको घटनालाई घृणित कार्य भन्दै भत्सर्ना गरेका छन् ।

