
बिहानै श्रीमतिलाई मेसेज पठाएपछि जवाफ फर्किन नपाउँदै भोटेकोशी बाढीले सम्पर्क बिहिन हुन पुगेका थिए बेलौरीका रामचन्द्र चौधरी
साला, भिना र भान्जा छन् सम्पर्क बिहिन

महेन्द्रनगर । बेलौरी नगरपालिका ३ पणावकी सुमित्रा चौधरीले श्रीमान रामचन्द्रसित कुरा गर्न भदौ १० गते बिहान हतार हतार सबै सकिन ।
रसुवाको लाङटाङ हाइड्रो पावरमा कार्यरत रामकृष्णले बिहान उनको फेसबुकमा गुड मर्निङ्ग भनेर मेसेज पठाएका थिए ।
सुमित्राले मेसेज हेरिन । काम सकेर मोबाइलमा कुरा गर्ने भन्दै उनले छोरा स्वर्णितका लागि नास्ता बनाइन । खुवाएर उनलाई स्कुल पुगाएर घर फर्किन । ५ बर्षका स्वर्णित नर्सरीमा पढ्छन् ।
छोरालाई स्कुल छाडेर घर फर्केपछि बिहान ९ बजे मोबाइलमा फोन गरिन । फोन लाग्दै लागेन । धेरै पटक प्रयास गरिन । सम्पर्क हुन सकेन भन्दाभन्दै स्वीच अफ भन्न थाल्यो ।
सुमित्राले अझै सम्म फोन सम्पर्क हुने कारण थाहा पाएकी थिइनन । एक छिन पछि भोटेकोशी बाढीका समाचार आउन थाले । त्यसपछि उनी रोइ कराई गर्न थालिन् ।
घर परिवारका अन्य सदस्यले उनलाई सम्झाउने प्रयास गरे । उनीहरूले भेटिने आश देखाउदै सान्त्वना दिए । सुमित्राले एकोहोरो रोइ कराई मात्रै गरि रहिन् ।
‘बिहान भाउजुको मोबाइलमा गुड मर्निङ्ग लेखेर दाईले मेसेज पठाउन भएको थियो, भाउजुले काम सकेर मोबाइलमा कुरा गर्छु भनेर मेसेजको रिप्लाई गर्न भएन, ९ बजे बाबुलाई स्कुल छाडेर फोन गर्दा त लाग्दै लागेन’ सुमित्राकी नन्द गीता चौधरीले भनिन्, ‘पछि बाढीका समाचार आउन थालेपछि त भाउजु रुनु थाल्नु भो, हामी अरुले भेटिने आश देखाउदै सम्झायौ ।’
भदौ १० गते बाढी आएपछि बेपत्ता श्रीमानसित सुमित्रा अघिल्लो दिन मोबाइलमा कुरा भएको थियो । ६ बर्ष अघि उनीहरुको प्रेम विवाद भएको थियो ।
सुमित्राको माइती गाउ बेलौरीको कानपुर हो । अहिलेसम्म उनी श्रीमान भेटिएर फर्किने आशमा छिन । भदौ १० पछि रोइ कराई र छटपटीमा उनका सबै रात दिन बितेका छन् ।
उनी बारम्बार मोबाइल हेर्छिन् । सामाजिक सञ्जालमा श्रीमानको केही समाचार आउँछ किन भन्ने आश छ उनलाई ।
‘खाना टाइममा खानु भएको छैन, राती सुत्न सक्नु भएको छैन गीताले भनिन, केही समाचार आउछ कि भनेर मोबाइल हेरेर बस्नु भाको छ; उनी भन्छिन् ।
हाइड्रो पावरको सुरुङ्गभित्र राम्रो गरी खोजि दिए सास वा लाश भेटिने आश चौधरी परिवारलाई छ । खोजी गरी रामकृष्णको अवस्था पत्ता लगाउन उनका कान्छा भाइ काठमाण्डौसम्म पुगेका छन् ।

काठमाडौ पुगेर उनले साङ्सद निराशा चौधरीलाई भेटेर दाईको अवस्था जसरी पनि बाहिर ल्याई दिन आग्रह गरेका थिए ।
हाइड्रोपावरबाट दुई जनाको शव बाहिर ल्याएपछि अरु पनि भेटिने आश भएको गीता बताउँछिन् । ‘आश आशमा यतिका दिन भो, मान्छे नभए पनि लाश भए नि हुन्थ्यो, चित्त बुझाउनु त हुन्छ’ उनले भनिन्, ‘केही त केही हुनु परो, जिउदो वा मरेको त पत्ता लाग्नु परो ।’
लाङटाङ हाइड्रोपावरमा राम कृष्णसंगै उनका भिनाजु खुसी राम चौधरी र भान्जा प्रकाश चौधरी पनि बेपत्ता छ्न । खुसी राम प्रकाश बेलौरी नगरपालिका ५ का हुन् ।
खुसीरामकी धर्म पत्नि सरस्वती बेपत्ता रामकृष्णकी सहोदर दिदी हुन । प्रकाश खुसी रामका भतिजा हुन् ।
‘हाम्रो मात्रै होइन, दिदीको घरतिर पनि त्यस्तै छ’ गीताले भनिन्, ‘के दशा पो आइ लागेछ हाम्रो घर परिवारमा, सबैतिर बेचेन छ ।’
शुक्लाफाटा नगरपालिका पिपलाडीका ठेकेदार राम कृष्णलाई गत चैतमा रसुवा लगेको थियो । बाढीमा परी ठेकेदारका भाई पनि बेपत्ता छन् ।
बेपत्ता रामकृष्ण खोजीका लागि चौधरी परिवार वडा कार्यलय, नगरपालिका सबैतिर पुगेका छ्न । सबैबाट आश मात्रै पाएर उनीहरू मन बुझाउन सकि रहेका छैनन् ।
बेलौरी नगरपालिकाले बाढीपछि कार्यालयको टीम पठाएको थियो । घट्नास्थल जान नस्केर टीम फर्केपछि चौधरी परिवार निराश भएको छ ।
उनीहरू नगरपालिकाको टीम स्याप्रुबेसी पुगेर केही जानकारी आउने आशमा थिए ।
चौधरी परिवारले आफूहरुको पीडामा साथ पाउन नसकेको अनुभूति गरेका छन् । ‘हाम्रो यता बेलौरीमा मिडिया छन्, पत्रकार छन्, कसैले पनि हाम्रो पीडा सुनेको छैन, हाम्रो आवाज उठाई दिने मान्छे नै छैन’ गीता भन्छिन् ।
बेपत्ता चौधरी पाच भाई बहिनीमा साइलो हुन । उनका चार भाइ सबै अलग बस्छन् ।
आमा बुवा ढक्का शिबिरमा बस्छ्न । रसुवा जान अघि राम कृष्ण घरमै काम गर्थे । उनी मजदुरीका रसुवा पुगेका हुन् ।
रसुवा जाने बेला उनले सुमित्रालाई छोराको ख्याल गर्न भनेर घरबाट हिँडेका थिए । ‘रसुवा जाँदै छु, काम गर्न जान्छु भन्नु भएको थियो’ गीता भन्छिन्, ‘अहिले यस्तो भो ।’
