

महेन्द्रनगर । गैर सरकारी संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) का ेपाँचौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम गरिएको छ ।
संस्थाका अध्यक्ष डा. तिलमाया ढकाल खरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रमुख दुर्गादत्त बोहरा प्रम्ुख अतिथि थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, परियोजना सञ्चासलत स्थानीय तहका वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधि, समुदायका वासिन्दा, विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधि तथा साझेदार संस्थाका प्रतिनिधि सहभागी भएका छन् ।


कार्यक्रममा संस्थाका अध्यक्षडा. तिलमाया ढकाल खरेलले स्वागत मन्तव्य राखे । संस्थाका कोषाध्यक्ष पदम पाठकले आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरे भने राजेन्द्र उप्रेतीले सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा सहभागीहरूले पेसवानले समुदाय स्तरमा शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, बाल विवाह न्यूनीकरण लगायतका क्षेत्रमा पारदर्शी तथा प्रभावकारी रूपमा कार्य गर्दै आएकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए ।
सहभागीहरूले संस्थाले समुदायको आवश्यकता र स्थानीय सरोकारवालासँगको समन्वयमा सञ्चालन गरेका कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी सरोकारवालाले संस्थाको कार्यसम्पादन, उपलब्धि तथा आगामी कार्यदिशाबारे सुझाव समेत दिए । सामाजिक परीक्षण मार्फत संस्थाका कार्यक्रम तथा आर्थिक गतिविधिमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
