ghar sansar

भीमदत्तमा रास्वपा प्रवेशको ओइरो, समाजसेवी सुवेदीले टिका र खादा लगाएर पार्टी प्रवेश गरेपछि बजाए घण्टी

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा बुधबार विभिन्न दल सहित पेशा व्यवसायमा चार सय बढीले प्रवेश गरेका छन् ।

रास्वपा भीमदत्त नगर समितिले कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेको सूचीमा भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकास पनि छन् ।

झकासले भने कार्यक्रममा टिका र खादा लगाएन । कार्यक्रम भने उनी सहभागी भएर निस्केको नेताहरु बताउँछन् । कार्यक्रममा पार्टी प्रवेशका लागि बोहरालाई आमन्त्रण गरिएको थियो ।

dirghayi clinic

रास्वपा भीमदत्त नगर समितिका सभापति भट्टले अध्यक्षता गरेको कार्यक्रममा भीनपा १८ का ऋषि सुवेदी लगायतले प्रवेश गरे । भीनपा १८ बाट सबैभन्दा बढी एक सय ११ जना पार्टी प्रवेश गरेका छन् ।

सुवेदीले पार्टी प्रवेश गरेपछि नेता रामदत्त भट्टसित मागेर घण्टी बजाए । पार्टी प्रवेश कार्यक्रम भरि भट्टले घण्टी बजाएका थिए ।

रास्वपाले भीनपा १३ का वडा अध्यक्ष बोहरा सहित बेदकोट ८ का वडा अध्यक्ष महेशरा जोशीले पनि रास्वपा सदस्यता लिएको जानकारी दिएका छन् ।

कार्यक्रममा रास्वपा कञ्चनपुरका निर्वतमान सचिव रामदत्त भट्टले स्वागत मन्तव्य राखेका थिए ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले उनीहरु सबैलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराए ।

 

Himal dental
सम्बन्धित
Loading...