
अन्र्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने सुुदूरपश्चिमका कबड्डीका खेलाडीलाई पुरस्कार दिनु पर्छ – डा. चन्द

महेन्द्रनगर । महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्दले अन्र्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिनु पर्ने बताएका छन् ।
दशौं राष्टिय खेलकूद प्रतियोगिताको जिल्ला स्तरीय छनौट प्रतियोगिताको उद्घाटन समारोहमा डा. चन्दले शुभ कामना मन्तव्य राख्दै सरकारले खेलाडीको जीविकोपार्जनको व्यवस्था पनि गर्नु पर्नेमा जोड दिए ।
१९ औं र २० औं एशियाली खेलकूद प्रतियोगितामा कबड्डी खेलाडीले पदक जितेका थिए । डा. चन्दले ती दुबै प्रतियोगिताका पदक विजेता सुदूरपश्चिमका कबड्डी खेलाडीलाई पुरस्कार दिनु पर्ने बताएका हुन् ।

‘ खेलकुद स्वास्थ्य , राष्ट्रका साथै खेलाडीको जिबिकोपार्जनका लागि पनि हुनु पर्छ, खेलाडीहरुले आफ्नो उर्जाशिल उमेर राष्ट्रका लागि समर्पित गर्ने भएकाले जीवनयापनको जिम्मेवारी पनि राष्ट्रले लिनु पर्छ’ उनले भने ।
खेलाडीहरुले खेलेको खेल तथा प्राप्त गरेको उपलब्धिका आधारमा मापदण्ड निर्धारण गरि सेवा सुविधा दिनु पर्ने उल्लेख गर्दै उनले १९ औ र २० औं एशियाली खेलकुद र अन्य अन्तराष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी पदक विजेता कबड्डी खेलाडीलाई सरकारले पुरस्कृत गर्नु पर्ने उल्लेख गरे ।
डा. चन्दले राज्यले युवालाइ खेलमै आफ्नो भबिस्य देख्ने वातावरण सृजना गरी वैदेशिक पलायनबाट रोक्नु पर्नेमा जोड दिए ।
‘खेलकुदको उर्वर भुमि कञ्चनपुरबाट छनौट हुनु हुने खेलाडीहरुलाई विरासत कायम गरी १० औं राष्ट्रिय खेलकुदमा पुर्ण सफलताको शुभकामना व्यक्त गर्छु’ उनले भने ।
