
पार्टी प्रवेश गराएपछि रास्वपा साँसद महताले भने– तपाईहरु प्रवेश मात्रै गरेको होइन, नयाँ संस्कार बसाल्ने अभियानमा होमिएको हो

महेन्द्रनगर । कञ्चनपुर ३ का रास्वपा साँसद ज्ञानेन्द्र सिंह महताले पार्टी प्रवेश गरेका सबैलाई समान जिम्मेवारी दिने बताएका छन् ।
रास्वपा भीमदत्त नगर समितिले बुधबार आयोजना गरेको शुभ कामना आदानप्रदान कार्यक्रमर्ला सम्बोधन गर्दै उनले पार्टी प्रवेशका सबैलाई प्रवेश मात्रै नगरेको भएर नयाँ संस्कार बसाल्ने अभियानमा होमिएका बताए ।

साँसद महताले पार्टी प्रवेश गर्ने कुरा दल छाड्ने मात्रै विषय नभएको उल्लेख गर्दै यो विचारसंग सम्बन्धित भएको बताए ।
पार्टी नेता कार्यकर्ता सबै पार्टी र संगठनको उर्जा र शक्ति भएको साँसद महताले उल्लेख गर्दै भने, ‘पार्टी प्रवेश गरेका सबैलाई पार्टी र संगठनमा समान जिम्मेवारी दिने हामी सबैको हो ।’
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित कार्यक्रममा साँसद महता प्रमुख अतिथि थिए ।
कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता सहित चार सय बढीले रास्वपा प्रवेश गरेका छन् । उनीहरुलाई साँसद महताले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
