

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन विष्ट नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिष्टलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता बिष्टले शुक्रबार पद तथा गोपनीयताको शपथसमेत लिएका छन् ।

विष्ट उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास बार एसोसिएसन अन्तर्गत २४ वर्षदेखि अधिवक्ताका रूपमा वकालत गर्दै आएका छन् । विष्ट भीमदत्त नगरपालिकाका वासिन्दा हुन् ।
कानुन व्यवसाय क्षेत्रमा विष्ट सरल र शान्त स्वभावका मानिन्छन् ।
विष्ट गत वर्ष बार काउन्सिल परिषद्को सदस्यमा चुनाव लडेका थिए । थिए। यसअघि मुख्य न्यायाधिवक्ता रहेका ठेकन्द्रराज जोशीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
