ghar sansar

काँग्रेस संस्थापन इतरको भीमदत्त नगर सचिवमा मदन मिश्र र चुडामणी अवस्थी

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको भीमदत्त नगर समितिको सचिवमा मदन मिश्र र चुडामणी अवस्थी निर्विरोध भएका छन् । 

नगर अधिवेशन सुरु भएको चार दिनपछि सबैभन्दा बढी उम्मेदवार भएको सचिवमा सहमति जुटेको हो । काँग्रेस संस्थापन इतरको १५ औं महाधिवेशन अन्र्तगत मंगलबार नगर अधिवेशन सुरु भएको थियो ।

नगर सचिवमा उनीहरु सहित मीनराज भट्ट, देबकी जोशी र विनोद नेपाली उम्मेदवार भएका थिए । उम्मेदवारमध्ये नेपालीले सबैभन्दा पहिले उम्मेदवारी फिर्ता लिएका थिए ।

सचिवमा बाँकी चार जनाबीच पटक पटक गरिएका छलफलपछि सहमति शुक्रबार सहमति जुटेको छ ।

सचिवका उम्मेदवार जोशी र भट्टले सहमति जनाएपछि मिश्र र अवस्थी निर्विरोध भएका छन् ।

मिश्र भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष हुन् । २८ वर्षमा वडा अध्यक्ष निर्वाचित मिश्र १४ औं महाधिवेशनमा वडा सभापति भएका थिए ।

उनी काँग्रेस नेता स्वर्गिय बीपी मिश्रका छोरा हुन् । अहिले ८ नम्बरबाट क्षेत्रीय प्रतिनिधि भएका उनी नगर सचिव भएका छन् ।

अर्का सचिव अवस्थी भीनपा २ महोलिया उल्टाखामका हुन् । सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीतिमा आएका उनी दुई कार्यकाल वडा सचिव भइ सकेका छन् ।

dirghayi clinic

उनी सीएम नामले परिचित छन् । सबैसित घुलमिल र तार्किक कुरा गर्न सक्ने उनी नेपाल प्रेस युनियनमा पनि आवद्ध छन् ।

मंगलबार नगर अधिवेशन उद्घाटन भएपछि उम्मेदवारी दर्ता भएको थियो ।

नगर सभापति र उप सभापतिमा बिहीबार सहमति जुटेको थियो । सह सचिवमा तारा सिह ऐरी र मन्जु धामी निर्विरोध भएका थिए ।

मंगलबार साँझदेखि सहमति गराउने प्रयास थालिए पनि पूर्व गृहमन्त्री रमेश लेखक महेन्द्रनगर आएपछि बिहीबार नगर सभापतिमा सहमति भएको थियो ।

नगर सभापतिमा राहुल भट्ट र दिपेन्द्र विष्ट उम्मेदवार थिए । सुरेन्द्र विष्टले त्यस अघि उम्मेदवारी फिर्ता लिएका थिए ।

नगर सभापतिमा भट्ट भएका छन् । विष्टलाई प्रदेश क सभापति बनाउने सहमति भएको छ ।

भीमदत्त नगर उप सभापतिमा मन्जु कार्की फर्सवान सहित तीन जना उम्मेदवार छन् । उप सभापतिमा दुई जना निर्वाचित हुने भएका छन् ।

उनीहरुमा कार्की सहित केशव जोरा र राज बहादुर विष्ट नगर उप सभापतिका उम्मेदवार छन् । कार्की भीनपा १० का वडा सदस्य हुन् ।

भीमदत्त नगर निर्वाचन समितिका समन्वयकर्ता उमेश जोशीले नेताहरुसित छलफलपछि सहमति भएको बताए ।

समितिले आधिकारिक रुपमा समितिको नामावली भने घोषणा गरेको छैन ।

Himal dental
सम्बन्धित
Loading...