
काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ मा महाधिवेशन प्रतिनिधिको खुलामा सबैभन्दा पेचिलो, नव युवामा नेवि संघ नेता र पत्रकार प्रतिस्पर्धी

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको कञ्चनपुर ३ मा महाधिवेशन प्रतिनिधि सर्वसम्म्त गराउन खुलामा सबै भन्दा बढी पेचिलो देखिएको छ ।
महाधिवेशन प्रतिनिधिका उम्मेदवारमध्ये झण्डै आधा खुलामा छन् । निर्वाचन समितिका अनुसार ३५ प्रतिनिधिका लागि ८४ जना मैदानमा देखिएका छन् । १० खुलामा २६ र महिला खुलाका ४ जनाका लागि ११ जना मैदानमा छन् ।
काङ्ग्रेस सुदूरपश्चिम सह महामन,गोपाल भट्ट, कंचनपुरका सभापति पदम बोगटी, सचिव भीम भट्ट, भीमदत्त १० का वडा अध्यक्ष महेश चन्द, १ का वडा अध्यक्ष आशिफ कुवर, भीमदत्तका उप मेयर निलम लेखक जोशी, दोधारा चादनीका उप मेयर गङ्गा जोशी खुलामा उम्मेदवार भएका छन् ।
सुदूरपश्चिमका पूर्व राज्य मन्त्री मधुदेबी भारती खस आर्यबाट उम्मेदवार छन् । पूर्व गृहमन्त्री रमेश लेखक उम्मेदवारबीच सहमति गराउन लागि परेका छन् ।
महाधिवेशन प्रतिनिधिको नव युवामा एलिना चौधरी निर्विरोध छिन । महिला सहित दुई जनाका लागि तीन उम्मेदवार छन् ।
सन्जय अधिकारी र चन्द्रकान्त जोशी उम्मेदवार छन् । उनीहरु दुबै भीमदत्त ७ का हुन् । अधिकारी नेपाल विद्यार्थी संघ र जोशी प्रेस युनियनमा आवद्ध छन् ।
जोशी लेखक गृहमन्त्री हुँदा उनको सचिवालयमा थिए । लेखकको सचिवालयमा हुँदा जोशी नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको चुनाव लडेका थिए ।
अहिले उनी काँग्रेस महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका सचिवालयका चक्र महता पनि उम्मेदवार छन् । महता अन्यबाट उम्मेदवार छन् । उनी काँग्रेस कञ्चनपुरका पूर्व जिल्ला सदस्य हुन् ।
पेशागत बिज्ञमा अधिवक्ता टेक बहादुर कठायत निर्विरोध छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य प्रेम प्रकाश भट्ट उम्मेदवार छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा भट्ट भीमदत्त १५ को वडा अध्यक्ष चुनाव लडेका थिए ।

काङ्ग्रेसको १४ औ महाधिवेशनमा क्षेत्रीय सचिव निर्वाक्गित गंगादत्त भट्ट महाधिवेशन प्रतिनिधि हुन चाहेका छ्न । उनी नेपाल विद्यार्थी संघको पूर्व जिल्ला अध्यक्ष हुन ।
भीमदत्त १३ का निवर्तमान वडा सभापति बिष्णु बहादुर सिह, भीमदत्त १० पूर्व अध्यक्ष गोकुल राज जोशी, उद्यमी व्यवसायी माधवप्रसाद भट्ट, हरि प्रसाद भट्ट, तरुण दलका पूर्व अध्यक्ष कृष्णदत्त पनेरु र काँग्रेस दोधारा चाँदनीका पूर्व सभापति , डम्बर बहादुर चन्द उम्मेदवार छन् ।
महाधिवेशन प्रतिनिनिधिका लागि पदमराज बोहरा, नर बहादुर साउँद, राजेश कुमार ठकुराठी, महेश चन्द, आशिस कुमार खत्री, गोकर्ण बहादुर चन्द, गणेश भट्ट, डम्बर साउँद, करुणाकर पनेरु, दुर्गा प्रसाद जोशी, श्याम सुन्दर ठकुराठी, उदय प्रकाश साउँद, धरम सिह रावल र अमर बहादुर मल्लले पनि खुलामा उम्मेदवारी दिएका छन् ।
यसैगरी खुला (महिला) मा गंगादेबी जोशी, धनसरा चन्द, लक्ष्मी कार्की, जोत्सना कुमारी विष्ट, सुशिला स्वाँर, सिता कुमारी भण्डारी, निर्मला सापकोटा भट्ट, चन्द्रा भण्डारी, मिना ठगुन्ना, शारदा विश्वकर्मा र निलम लेखक जोशी महाधिवेशन प्रतिनिधि उम्मेदवार छन् ।
खस आर्यमा ईश्वरी दत्त जोशी, प्रकाश चन्द, अफिलाल जोशी, भीमराज भट्ट, पुस्कर बहादुर सिंह, प्रकाश दत्त भट्ट र प्रकाश दत्त जोशीको उम्मेदवारी परेको छ ।
यसैगरी महिलामा मधुदेबी भारती, नितु भट्ट, रमिता शाही देउवा र यशोदा खड्का उम्मेदवार भएका छन् ।
दलितमा मदनलाल सुनार र रमेश दयाल उम्मेदवार छन् । थारुमा थारु जग बहादुर चौधरी उम्मेदवार भएका छन् । बेदप्रकाश चौधरी र राम सोगारथ ठाकुर समावेशीमा उम्मेदवार छन् ।
४० वर्ष मुनिका युवामा बिनोद बडु, बिक्की नेगी, कैलाश चन्द, प्रेम बहादुर कार्की, माधव प्रसाद भट्ट, राज सिह पुजारा, विशाल खत्री, मन्जु कुँबर, भागरथी विष्ट र लक्ष्मी भट्ट थापा उम्मेदवार छन् ।
विज्ञ श्रमिकमा लालमनी पाण्डेय, दिलु प्रसाद बोहरा र टेक बहादुर कडायतले उम्मेदवारी दर्ता गराएका छन् ।
अशोक बहादुर चन्द, संगिता साउँद र सिद्धराज पन्तले अपाङ्गतामा उम्मेदवारी दिएका छन् ।
प्रजातन्त्र सेनानीमा खेमराज पैतोला, मथुरा पन्त, कलक बहादुर सिंह, अमर बहादुर विष्ट र देब बहादुर जोराको उम्मेदवारी छ ।
यसैगरी महाधिवेशन प्रतिनिधिको अन्यमा चक्र महता, दिल बहादुर सिजाली र मनसा डगौरा उम्मेदवार भएका छन् ।
