ghar sansar

महाकाली साहित्य संगमको चैतालो भेटौलो कार्यक्रमका लागि सुदूरपश्चिम सरकारले दियो १० लाख बजेट

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले महाकाली साहित्य संगमलाई १० लाख बजेट दिएको छ । प्रदेश सरकारले आइतबार चाल् आर्थिक वर्षको लागि बजेट विनियोजन गरेको थियो ।

प्रदेश सरकारको बजेट पुस्तिकामा सामाजिक विकास कार्यालय अन्र्तगत साहित्य संगमको चैतोलो भेटौलो कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

dirghayi clinic

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल संगमका अध्यक्ष छन् । रावल एमाले सुुदूरपश्चिम संसदीय दलका नेता हुन् ।

संगमको १४ औं केन्द्रीय महाधिवेशनबाट रावल सर्वसम्मत अध्यक्ष भएका थिए । यस अघि उनी संगमको वरिष्ठ उपाध्यक्ष थिए ।

प्रदेश सरकारको बजेटलाई लिएर चौतर्फी आलोचना भएको छ । एमाले प्रदेश सभा सदस्य बीर बहादुर थापाले बजेटका लागि आफ्नो पद नै गुमाएका छन् ।

बजेट सुुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको छ । सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री चक्र मल्लले प्रदेश सभामा चौतर्फी दबावमा परी बजेट ल्याएको बताएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...