

महेन्द्रनगर । तीन पूर्व सैनिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश भएका छन् ।

उनीहरु सबै भीमदत्त नगरपालिका–८, तिलाचौरका छन् । उनीहरुमा पदम सिंह विष्ट (सुबेदार), गणेश सिंह खत्री (सेनानी) र हिक्मत सिंह थापा (हल्दार) छन् ।
पार्टी प्रवेश गरेका तीनै जनालाई रास्वपाका जिल्ला सभापति पदम विष्ट, नगर सभापति दिनेश भट्ट, वडा सभापति पुरन खत्रीलगायतले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
