

महेन्द्रनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल स्कुटीमा बसेर सत्तारुढ दल रास्वपाको कञ्चनपुर पार्टी पुगेकी छन् ।
रास्वपा कञ्चनपुरले आइतबा दिउँसो भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित पार्टी कार्यालयमा दशैं तिहार र छठको शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।
मन्त्री रावल स्कुटी स्कुटी पछाडि बसेर पार्टी कार्यालयको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका छन् ।
मन्त्री रावललाई पार्टी कार्यालय बाहिर रास्वपा नेता कार्यकर्ताले स्वागत गरे ।
भीनपा ६ ऐंठपुर चर्चस्थित घरबाट मन्त्री रावललाई स्कुटी पछाडि बसाएर पार्टी कार्यालय पुगाएका हुन् ।
मन्त्री रावल केही दिन अघि ऐठपुर आएकी थिइन् । ऐठपुर मन्त्री रावलको माइती घर हो ।

मन्त्री रावल स्कुटी पछाडि बसेर पार्टी कार्यालय पुगेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा फैलिएका छन् ।
रास्वपाका नेता अमूल्य चन्द ठकुरीले सामाजिक सञ्जालमा मन्त्री भएर पनि सुरक्षाकर्मी विना मन्त्री पार्टी कार्यालयको कार्यक्रममा सहभागी हुन आएको भन्दै खुसी व्यक्त गरेका छन् ।

‘वहाँ मन्त्रीज्यूसित पनि सरकारी गाडी थियो । फरक उहिलेका मन्त्री र अहिलेका मन्त्री बिचको यही हो’ सामाजिक सञ्जालमा मन्त्री रावल स्कुटीमा बसेर पार्टी कार्यालय पुगेको भिडियो राख्दै ठकुरीले भनेका छन् ।
पत्रकारिता पृष्ठभूमिकी रावलले नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै ग्यालेक्सी फोरके टेलिभिजनमा काम गरेकी थिइन् ।
रास्वपा गठनदेखि आवद्ध रावल कञ्चनपुरबाट समानुपातिक साँसद हुँदै मन्त्री भएकी हुन् ।

मन्त्री भएपछि रावल भदौ पहिलो साता पहिलो पटक कञ्चनपुर आएकी थिइन् ।
भदौ ६ गते कञ्चनपुर आएकी मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जन गुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा भूमिहीन र सुकुम्बासी नागरिकसँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् ।
शुभ कामना आदानप्रदान कार्यक्रममा मन्त्री रावल सहित रास्वपा केन्द्रीय सदस्य चाँदनी ऐर, जिल्ला सभापति पदम विष्ट लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।
रास्वपा केन्द्रीय सदस्य ऐरले कार्यक्रममा शुभ कामना आदानप्रदान र पार्टीगत छलफल गरिएको बताइन् ।
‘आपसी एकता, सहकार्य र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण भेटघाट भएको छ’ केन्द्रीय सदस्य ऐरले भनेकी छन् ।
