ghar sansar

बैतडीमा काँग्रेस संस्थापन इतरको सभापतिमा विष्ट, बोहरा र पुजारालाई प्रदेश नेतृत्व

khasi

महेन्द्रनगर । नेपाली काँग्रेस संस्थापन इतरको बैतडी सभापतिमा बीर बहादुर विष्ट चयन भएका छन् । जिल्ला अधिवेशनबाट विष्टको नेतृत्वमा जिल्ला समिति चयन गरिएको छ ।

dirghayi clinic

जिल्ला उप सभापतिमा रमेश दत्त पाण्डेय र रमेश सिंह भण्डारी, सचिवमा लाल बहादुर चन्द र महेश दत्त भट्ट तथा सह सचिवमा वीरबहादुर गडाल र भानदेव भट्ट चयन भएका छन् ।

यसैगरी प्रदेश सभा क्षेत्र नम्बर १ को सभापतिमा रिकेशबहादुर बोहरा निर्वाचित भएका छन् । उपसभापतिमा जोगा सिंह साउद र उत्तरबहादुर चन्द, सचिवमा डम्मरे कुँवर र अम्बादत्त पन्त तथा सहसचिवमा गणेशदत्त भट्टराई र हजारि महरा चयन भएका छन् ।

प्रदेश सभा क्षेत्र नम्बर २ को सभापतिमा भरत सिंह पुजारा निर्वाचित भएका छन् । उपसभापतिमा देवबहादुर चन्द र भीमराज भट्ट, सचिवमा डम्बर दत्त कलौनी र राजेन्द्र जोशी तथा सहसचिवमा रतन सिंह कार्की र सुक्र सिंह महता चयन भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...