ghar sansar

पुर्ख्यौली थलोबाट गृह नगर फर्किए पूर्व गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक बैतडीबाट महेन्द्रनगर फर्किएका छन् । काँग्रेस संस्थापन इतरको १५ औ क्षेत्रीय महाधिवेशन उद्घाटनका लागि भदौ २२ गते लेखक काठमाडौंबाट महेन्द्रनगर आएका थिए ।

काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन उद्घाटन गरेका थिए । क्षेत्रीय अधिवेशन उद्घाटनपछि हरिद्वार गएर आमाको वार्षिकी गरी फर्केपछि उनी पुख्र्यौली जिल्ला बैतडी गएका थिए ।

बैतडीको दशरथ चन्द नगरपालिका आइत पुख्र्यौलीका लेखकले घरमा कथा लगाएका थिए । बैतडी काँग्रेसको जिल्ला अधिवेशनमा सहभागी भएर उनी आइतबार साँझ महेन्द्रनगर पुगेका छन् ।

लेखक आएपछि कञ्चनपुर ३ मा संस्थापन इतरका महाधिवेशन प्रतिनिधिको नामावली टुङ्गो लाग्ने भएको छ ।

महाधिवेशन प्रतिनिधिमा धेरै जना आकाँक्षी भएपछि दशैं तिहारपछि सहमति खोज्ने गरी स्थगित भएको थियो ।

काँग्रेस संस्थापन इतर वडा, नगर र प्रदेशमा सर्वसम्मत समिति भएका छन् । भीमदत्त नगर समितिमा लेखक आएपछि सहमति भएर सर्वसम्मत भएको थियो ।

भीमदत्त नगर समितिका अध्यक्ष सहित उप सभापति र सचिवमा लेखक आएपछि सहमति भएको थियो ।

काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय समिति निर्विरोध भएको छ । यसैगरी दुबै प्रदेश सभा निर्वाचन क्षेत्रमा सर्वसम्मत समिति बनेका छन् ।

लेखक काँग्रेस १५ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

काँग्रेस क्षेत्रीय अधिवेशन उद्घाटन अघि लेखकले महाकाली नदीमा क्षतिग्रस्त झोलुङ्गे पुलको निरीक्षण गरेका थिए । भदौ १४ गते पुल क्षतिग्रस्त भएपछि उनले सामाजिक सञ्जालमा भावुक स्टयाटश लेखेका थिए । 

dirghayi clinic

२०५६ मा पहिलो पटक कञ्चनपुर ३ बाट साँसद भएका उनी राष्ट्रिय राजनीतिमा बलियो पकड भएका नेता मानिन्छन् ।
पत्रकारिता र वकालत पृष्ठभूमिका लेखक गृह, भौतिक र श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

गत वर्ष भदौको जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर विद्यार्थीको ज्यान गएपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए ।

जेन जी आन्दोलनमा लेखकको महेन्द्रनगर बजार र बेदकोट ८ स्थित घरमा आगजनी तोडफोड गरिएको थियो । गृह मन्त्रीबाट बाहिरिएको केही समयपछि लेखकले आमा गुमाएका थिए ।

लेखकले हरिद्वार गएर आमाको वार्षिकी गरेका हुन् ।

काँग्रेसमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा आएका लेखक २०५४ मा काँग्रेस कञ्चनपुरको सचिव भएका थिए ।

काँग्रेस विभाजनपछि काँग्रेस प्रजातान्त्रिकमा गएका उनी २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक साँसद भएका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा लेखकले चुनाव लड्ने चाहना राखेका थिए ।

२०७४ मा तत्कालिन कञ्चनपुर ४ बाट फराकिलो मत अन्तरले चुनाव जितेर लेखक संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

२०७४ मा एमालेका डा. दिपक प्रकाश भट्टसित झिनो मत अन्तरले पराजित भएका उनी २०७९ मा फेरि फराकिलो मत अन्तरले निर्वाचित भएका थिए ।

सबैसित समान व्यवहार गर्ने शैलीले लेखक कञ्चनपुरका काँग्रेस बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि रुचाउने गरेका छन् ।

लेखक आफूसित आउने काम आफै अग्रसर भएर तुरुन्तै समाधान खोजि दिने नेताको पहिचान बनाएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद मनिस झाले केही महिना अघि संघीय संसदमा लेखकको अनुपस्थिति खड्किएको धारणा राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...