ghar sansar

दोधारा चाँदनीमा रास्वपा नेताको फेसबुक स्टयाटशपछि दुई वडाबीच दन्त बझान

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा खेल मैदानलाई दुई वडाबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप र घोचपेच चलेको छ ।

सत्तारुढ दल रास्वपाका नेता किशोर आग्रीले खेल मैदान र खेलाडी सहभागितालाई लिएर सामाजिक संजालमा व्यक्त धारणामाथि घोचपेच भएको छ ।

आग्रीले आफ्नो वडामा गतिलो खेल मैदान नहुदा सबै खेलका खेलाडी तयार भएको र खेल मैदान भएका वडाले सहभागिता समेत गर्न नसकेको भन्दै व्यङ्ग्य प्रहार गरेका छन् ।

आग्रीले भनेका छ्न, वडामा गतिलो खेल मैदान नहुदा पनि प्रायः हरेक खेलका खेलाडी तयार भएको मेरो वडा नम्बर –०१ ले एकसाथ दुई टीम र गतिला खेलमैदान भएका वडाले खेलाडी सहभागीता धरी गर्न नसक्नु लाई हामीले कसरी बुझ्ने महोदय ? अझै गजब नै होला हैन? बात करते हो फिर भी बडेमान …।

आग्री दोधारा चादनी १ का हुन । सशस्त्र प्रहरी सेवाबाट रिटायर्ड भएपछि उनी राजनीतिमा सक्रीय भएका हुन । जागिर प्रवेश गर्न अघि उनी तत्कालीन सिद्दनाथ बहुमुखी क्याम्पसमा बिद्यार्थी राजनीति गरेका थिए ।

नेता आग्रीको स्ट्याटसमा दोधारा चदनी ८ का बासिन्दाले टिप्पणी र प्रति उत्तर फर्काएका छन् ।

दोधारा चादनी ८ म एमालेका नेता ओम प्रकाश रोकाय वडा अध्यक्ष छन् । दोधारा चादनी ८ का रमेश बस्नेतले लामो कमेन्ट लेखेर आग्रीलाई जवाफ फर्काएका छन् ।

dirghayi clinic

बस्नेतले आग्रीसित वडामा खेल मैदान निर्माणको बिषयलाई पटक पटक बिरोध गरेको गुनासो गरेका छन् ।

उनले विरोध गर्न भन्दा आफ्नो वडामा खेल मैदान बनाउन पहल गर्न आग्रीलाई सुझाव समेत दिएका छन् ।
बस्नेतले भनेका छन् ।

प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका साथी, एउटा विनम्र सुझाव !

दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा खेल मैदान निर्माण भएको विषयमा पटक–पटक विरोध गर्नुभन्दा आफ्नै वडा नं. १ मा पनि खेल मैदान निर्माणका लागि पहल गर्नु भएको भए अझ राम्रो सन्देश जाने थियो ।

अहिले केन्द्रमा तपाईंहरूकै पार्टीको सरकार छ । त्यसैले विरोधमा खर्चिने समय र ऊर्जा आफ्नै वडाको विकासमा लगाउनु होस् ।

आफ्नो वडाका युवाहरूका लागि खेलमैदान निर्माण गर्न पहल गर्नुहोस्, सम्बन्धित निकायसँग बजेट माग गर्नुहोस् र काम गरेर देखाउनु होस् ।

हामी विरोध होइन, विकासको प्रतिस्पर्धा चाहन्छौँ ।

वडा नं. ८ मा भएको कामको विरोध मात्रै होइन, त्यसका सकारात्मक पक्ष पनि हेर्नु होस् । अरूले गरेको राम्रो कामबाट सिकेर आफ्नो ठाउँमा अझ राम्रो काम गर्नु नै असल राजनीतिक संस्कार हो ।

पहिले काम गरेर देखाउनुहोस्, अनि गर्वका साथ भन्नु होस, “हामीले पनि काम गरेर देखायौँ ।’

Himal dental
सम्बन्धित
Loading...