ghar sansar

समाज सेवाका पर्याय श्रीयुत् वाशुदेव ओझा

khasi

−अमित प्रसाद भट्ट

बैतडी जिल्लाको पुर्चौणी नगरपालिकाको नकालीमा जन्मिनु भएका वाशुदेव ओझा झट्ट हेर्दा सामान्य लागेपनि उहाँ बहु विविधताले भरिपुर्ण हुनुहुन्छ । समाजसेवालाई आफ्नो जीवनको आदर्शका रुपमा अंगीकार गरेका ओझाले पशुहरुप्रति पनि उत्तिकै दया राख्नु हुन्छ । केही समय अगाडी साहित्यकार पदम हेमन्तको पसल लालपुरमा ओझाजिसित भेटघाट हुँदा उहाँले हनुमानजिलाई चना खुवाउने कार्य आफ्नो लगानीमा निरन्तर गरिराखेको भनि सुन्दा सुरुमा नौलो लागेपनि पछि उनका थप कुराबाट सो व्यहोरा पुष्टि भयो । मानवले पशुको भक्षक नभइ रक्षक हुनुपर्छ भन्ने भावलाई उहाँले व्यक्तिगत रुपमा चरितार्थ गर्दै सबैलाई तत्कार्यमा लाग्न प्रेरित समेत गरिराख्नु भएको छ ।

विगत वर्षदेखि फलाहार रही मानिस खानका लागि बाँचेको नभइ बाच्नँका लागि खानुपर्छ भन्ने भाव उहाँले प्रष्ट गर्नु भएकोछ । संस्कृत शिक्षा हिन्दु समाजको शिक्षा मात्र नभइ समग्र मानव जिवन पद्धतिका लागि महत्वपुर्ण शिक्षा भएकाले उहाँले गुरुकुल स्थापना र विकासजस्ता काममा पनि महत्वका साथ लागि राख्नु भएको छ । डडेल्धुराको परशुराम र बैतडीको पुर्चोणीका उहाँकै अगुवाइमा गुरुकुल स्थापना भएका विषय हामीले बिर्सिनु हुदैन ।

हरेक मानव समाजका निधि भनेका भाषा कला परम्परा हुन ।यिनको संरक्षणमा लागि रहनु पर्दछ भन्ने भावलाई पुर्णतः उतार्दै संस्कृति संरक्षण प्रवर्धनका क्षेत्रमा पनि उहाँ सक्रियताका साथ तल्लीन हुनु हुन्छ ।

dirghayi clinic

पारिवारिक जिवनको बसोबास गर्ने उहाँको थलो वेदकोट नगरपालिकाको सुन्दरपुर महेन्द्र राजमार्ग नजिक भएपनि समाजसेवा,मानवसेवाका लागि उहाँ दिनरात दौडिरहनु हुन्छ । करिब सेतो लामो दाडी, कुर्ता सुरवाल बाहिर आस्कोट लगाएर उहाँले गरिराखेको मानवता प्रवर्धनको कार्य अतुलनीय छ ।

लोकपरम्परा अनुसार विगत देखी मान्दै आएका देवीदेवताका स्थानहरुको संरक्षण प्रवर्धन गर्नु , तिनमा देव खुसी हुने यज्ञयज्ञादिका क्रियाकलाप गर्नु पर्ने विषयलाई उच्च महत्वका साथ लिने ओझाजिले विणेश्वर मन्दिर पुर्चौणीमा पनि विविध योगदानका साथै कार्यसमितिमा रहेर समेत सेवा गर्नु भएको छ ।

’सर्व जन हिताय ,सर्वजन सुखाय’को भावलाई अंगीकार गर्दै अगाडी बढिरहेका श्री ओझाजि नाताले भिनाजु समेत पर्नु हुन्छ । उहाँको दिर्घ सामाजिक जिवनको शुभकामना व्यक्त गर्दछुँ ।

ईति संवत २०८३ साल कार्तिक ११ गते रोज ४ शुभम् ।

लेखक शिक्षा अधिकृत , बेलौरी नगरपालिका – कञ्चनपुर
बसाइ  : भीमदत्त नगरपालिका वडा नं ७ हल्दुखाल, राम मन्दिर टोल, कञ्चनपुर
मोबाइल नम्बर : ९८४८७४४५३५

Himal dental
सम्बन्धित
Loading...