

महेन्द्रनगर । बेदकोट नगरपालिका ६ मुसेपानीस्थित गणेश सामुदायिक वन उपभोक्ता समूहको २६ औँ बार्षिक साधारण सभा गरिएको छ ।

समूहका किशन सिह भण्डारीको अध्यक्षतामा गरिएको साधाण सभामा बेदकोट नगरपालिका ६ का वडा अध्यक्ष तुलसी राना प्रमु्ख अतिथि थिए ।
कार्यक्रममा ब्रम्हदेब सव डिभिजन वन कार्यालयका प्रमुख रणेन्द्र सिहले गणेश, बेदकोट नगरपालिका ८का वडा अध्यक्ष महेशराज जोशी, बछेला सामुदायिक वनका अध्यक्ष विष्णू नेपाली लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।,
